यामाहाको ७१औँ वार्षिकोत्सवः ‘यामाहा डे’ मा सातै प्रदेशमा विशेष सामाजिक तथा ग्राहक लक्षित कार्यक्रम

काठमाडौं—यामाहा मोटर कम्पनीले आफ्नो इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोट्र्समा योगदान र गतिशीलताको यात्रालाई स्मरण गर्दै जुलाई १ मा विश्वभर ‘यामाहा डे’ मनाएको छ। यसै अवसरमा यामाहा नेपालले यस वर्ष आफ्नो ७१औँ वार्षिकोत्सव देशभरका सातै प्रदेशमा विविध सामाजिक तथा ग्राहक केन्द्रित कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाएको छ ।

नेपालभरका शोरुम, डिलरशिप र आउटलेटहरूमा एकैसाथ केक काटेर उत्सवको सुरुवात गरिएको थियो । स्थापना दिवसको अवसरमा कम्पनीले २० वर्षदेखि निरन्तर सेवा पु¥याएका आफ्ना कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ । नेपालभरका १०० भन्दा बढी डिलरहरू डिजिटल माध्यमबाट जोडिएको यस समारोहमा यामाहा मोटर इण्डियाको समेत उपस्थिति रहेको थियो ।

ग्राहकहरूका लागि आकर्षक अफर र क्यासब्याक
वार्षिकोत्सवलाई थप उत्सवमय बनाउन यामाहाले ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरेको थियो । देशभरका सेवा केन्द्रहरूमा ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो । यसैगरी, ‘७ प्रदेश, ७ ग्राहक’ अभियान अन्तर्गत प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली ग्राहक छनोट गरी सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक दिइएको थियो । साथै, जुलाई १ का दिन नयाँ सवारीसाधन डेलिभरी लिने ग्राहकहरूलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट वितरण गरिएको थियो ।

सामाजिक उत्तरदायित्व र परोपकारी कार्य
समुदायसँगै अघि बढ्ने ब्रान्डको मूल भावना अनुरूप यामाहाले देशका विभिन्न ७ प्रमुख शहरहरू (धनगढी, पोखरा, नक्साल, गट्ठाघर, भरतपुर, बर्दिबास र इटहरी) मा रक्तदान कार्यक्रम आयोजना गरी करिब ३५० युनिट रगत संकलन गरेको छ । यस अभियानमा एमएडब्लू फाउन्डेसन र लायन्स क्लब अफ काठमाडौँ–समर्पणले सहयोग गरेका थिए । यसैगरी, कम्पनीले विराटनगरस्थित आफ्नो प्लान्टमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

विशेष गरी यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका ७ जना विपन्न बालबालिकाको कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च र शैक्षिक सामग्री व्यहोर्ने जिम्मेवारी लिँदै प्रशंसनीय कार्य गरेको छ ।

पुराना ग्राहक र मेकानिकहरूको सम्मान
कम्पनीले १६ देखि ४० वर्षसम्म निरन्तर यामाहा चढ्दै आएका ६ जना पुराना ग्राहक र १ लाखदेखि २ लाख किलोमिटरसम्मको यात्रा तय गरेका ५ जना राइडरहरूलाई सम्मानपत्र प्रदान गरेको छ । साथै, पूर्वी चितवनमा सेकेन्ड ह्यान्ड सवारी व्यवसाय सुरु गर्ने १ जना उद्यमी र विगत ३२ वर्षदेखि यस क्षेत्रमा सक्रिय ३ जना मेकानिकहरूलाई उनीहरूको अथक योगदानको कदर गर्दै सम्मानित गरिएको थियो ।

’समुदायसँगै अघि बढ्ने ब्रान्ड’
एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपालभरका ४०० भन्दा बढी परिवारको रोजगारीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको बताए । ‘ट्राफिक सचेतनादेखि परोपकारी कार्य, रक्तदान र वृक्षारोपणसम्म, आज हामीले गरेका हरेक काममा यामाहाको मूल भावना झल्किएको छ’ उनले भने ।

यसै प्रतिबद्धता अनुरूप यामाहाले व्यस्त समयमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौँ प्रहरीसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना फैलाएको थियो । साथै, कम्पनीको लेगेसी राइडिङ कम्युनिटी ’ब्लू स्ट्रिक्स’ ले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होम बालगृहमा परोपकारी राइड आयोजना गरेको थियो ।

समारोहमा नेपालका ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाही, ग्लोबल चेयरम्यान सिटारा सान तथा जापानका प्रतिनिधिहरूले यामाहा नेपाललाई शुभकामना दिँदै ब्रान्डले निर्माण गरेको दीर्घकालीन विरासतको स्मरण गरेका थिए । नेपालमा एमएडब्लू ग्रुप अन्तर्गत सञ्चालित यामाहा ग्राहक सेवा, प्रविधि र विश्वसनीयतामा अग्रणी टु–व्हिलर ब्रान्डका रूपमा स्थापित छ ।

सम्बन्धित समाचारहरू

यी ६ स्थानमा मन्सुन अफरसहित यामाहाको एक्सचेन्ज क्याम्प

यी ६ स्थानमा मन्सुन अफरसहित यामाहाको एक्सचेन्ज क्याम्प

यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले हिँजोदेखी...

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...

यामाहाले ल्यायो आर१५ भी३ मा आधारित युनिबडी सिट सहितको नयाँ मोटरसाइकल आर१५एस

यामाहाले ल्यायो आर१५ भी३ मा आधारित युनिबडी सिट सहितको नयाँ मोटरसाइकल आर१५एस

यामाहाले भारतीय बजारमा आर१५ भी३ लाई फेरि बजारमा उतारेको छ । तर हाल यसको नाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...