दुई राइडरद्वारा एथर ईभी स्कुटरमा भारत देखि नेपाल सम्म ६ हजार किमी भन्दा बढी दुरी पार
काठमाडौं – ’एथर के सक्षम छ ?’ भन्ने धारणा बदल्ने ऐतिहासिक यात्रा सम्पन्न...
एथर इनर्जीले आफ्नो चर्चित मोडल ४५० एक्सलाई नयाँ परिमार्जनसहित ‘४५०एक्स ओभरटोन सिरिज’ बजारमा ल्याएको छ । नयाँ रङ र थप शक्तिशाली फास्ट चार्जिङ क्षमताका साथ यो सिरिज लन्च गरिएको हो ।
यो नयाँ सिरिजको सबैभन्दा ठूलो विशेषता यसमा दिइएको ९०० वाटको नयाँ फास्ट चार्जर हो । कम्पनीका अनुसार यो चार्जरले स्कुटरको चार्जिङ समयलाई साविकभन्दा लगभग ३० प्रतिशतले घटाउने छ । हाल बजारमा उपलब्ध ३.५ किलोवाट आवर ब्याट्री क्षमता भएको एथर स्कुटरलाई शून्यदेखि १०० प्रतिशतसम्म चार्ज हुन ५ घण्टा १५ मिनेट लाग्छ ।
एथर ४५० एक्स ओभरटोन सिरिजलाई कम्पनीले ३ वटा नयाँ प्रिमियम रङहरूमा उपलब्ध गराएको छ । स्कुटरमा आकर्षक अलोय ह्विल राखिएका छन् । मूल्यको कुरा गर्दा स्कुटरको आधार मूल्य यथावत राखिएको छ ।
यस नयाँ सिरिजमा एथरले २.९ किलोवाट आवर र ३.५ किलोवाट आवर ब्याट्री प्याकको विकल्प दिएको छ । जसको रेन्ज क्रमशः १२६ किलोमिटर र १६१ किलोमिटर दाबी गरिएको छ ।
४५०एक्स ओभरटोन सिरिजमा नयाँ ‘एथरस्ट्याक ७’ सफ्टवेयर दिइएको छ । यस अन्तर्गत राइडरले क्र्यासअलर्ट, पार्कसेफ, लकसेफ, इन्फिनिट क्रूज र भ्वाइस कमाण्ड जस्ता आधुनिक सुविधाहरू पाउनेछन् ।
यसका साथै, थप एड्भान्स फिचर्स चाहने ग्राहकका लागि २३ हजार ५०० रुपैयाँमा ‘एथरस्ट्याक प्रो’को विकल्प पनि खुला गरिएको छ । प्रो प्याकेज लिने ग्राहकले म्याजिक ट्विस्ट, इन–बिल्ट गुगल म्याप्स, टो एन्ड थेफ्ट अलर्ट (चोरी नियन्त्रण प्रणाली), फलसेफ, अटो होल्ड, विभिन्न राइडिङ मोड्स र फाइन्ड माई स्कुटर जस्ता असाधारण प्रविधिहरूको अनुभव लिन सक्नेछन् ।
काठमाडौं – ’एथर के सक्षम छ ?’ भन्ने धारणा बदल्ने ऐतिहासिक यात्रा सम्पन्न...
वीरगञ्ज – नेपालको प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथरले वीरगञ्जमा...
एथरको फेमिली स्कुटर रिज्टाले २ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...