बजेट अघिकै मूल्यमा बिक्री हुँदै म्याक्सस मिफा ७ लक्जरी एमपीभी, १ करोड २० लाख बढ्दै

काठमाडौं – म्याक्सस ईभीको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले बजेट अघिकै मूल्यमा म्याक्सस मिफा ७ लक्जरी इलेक्ट्रिक एमपीभी बिक्री गर्ने जानकारी सार्वजनिक गरेको छ । यसको प्रि–बजेट मूल्य १ करोड २५ लाख रुपैयाँ छ ।

बजेटमा भएको मूल्य र कर संरचनाका आधारमा हिसाब गर्दा हालको मूल्य २ करोड ४५ लाख हुनेछ । यसको अर्थ आगामी दिनमा यसको मूल्य २ करोड ४५ लाख हुनेछ । तर पनि हाल बजेट अघिकै मूल्य अर्थात १ करोड ४५ लाख मूल्यमै यो गाडी उपलब्ध हुने कम्पनीको भनाइ छ ।

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्छ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने सो मल्टी–प्रपोज भेइकलमा इलेक्ट्रिक स्लाइडिङ डोर, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–किप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर रहेका छन् ।

यसका साथै यो गाडीले युरो एनक्याप, सी–एनक्याप, ए–एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ। यस गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी (डब्लुएलटीपी) तय गर्ने क्षमता राख्दछ। प्रिमियम डुअल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै एड्भान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई– परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको म्याक्सस मिफा ७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा

क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा

काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...

मिकु सुपर : क्रुज कन्ट्रोल सहितको इलेक्ट्रिक बाइक (मूल्य र फिचर सहित)

मिकु सुपर : क्रुज कन्ट्रोल सहितको इलेक्ट्रिक बाइक (मूल्य र फिचर सहित)

नेपाली बजारमा केही समय पहिले भित्रिएका मिकु ब्रान्डका इलेक्ट्रिक बाइक फरक...

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...