५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने टाटा सिएरा ईभी लन्च

टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी टाटा सिएरा ईभी भारतीय बजारमा लन्च भएको छ। यसको सुरुवाती मूल्य १८ लाख ७९ हजार भारु निर्धारण गरेको छ ।

टाटा सिएरा ईभी प्योर, प्योर एस, एडभेन्चर, एम्पावर र एम्पावर ए लगायत ७ भेरिएन्टमा उपलब्ध छ। यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ। कम्पनीका अनुसार ७५ किलोवाट आवर ब्याट्री प्याकले फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङको सहायताले केवल १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटर सम्म चलाउन सकिने कम्पनीको दाबी छ। साथै कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराएको छ।

भारतमा टाटा सिएरा ईभीको बुकिङ जुन ३० देखि सुरु भएको छ भने डेलिभरी जुलाई १५ देखि सुरु गरिनेछ । सो इलेक्ट्रिक एसयूभीले महिन्द्रा एक्सईभी ९ई, महिन्द्रा बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक तथा भिनफास्ट भीएफ ७ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

टाटा सिएरा ईभीको बाहिरी डिजाइन निकै आकर्षक बनाइएको छ। यसमा अगाडि र पछाडि एलईडी हेडलाइट र टेललाइटको साथमा कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल समावेश गरिएको छ । इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर जस्ता फिचर समावेश गरिएको छ। म्युजिक सिस्टमका लागि यसमा १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम  र डल्बी एटमस प्रविधिको उपलब्ध छ।

सेफ्टीका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल २ एडास तथा अन्य अत्याधुनिक सेफ्टी फिचर समावेश गरिएको छ। यसमा बुस्ट मोड र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड उपलब्ध छ । यसको फोर ह्विल ड्राइभ भेरिएन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ। सो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा हासिल गर्न सक्छ।

यसमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ । साथै ६२२ लिटर क्षमताको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज पनि दिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...