१५० किलोमिटर रेन्ज दिने रिभोल्टको नयाँ मोटरसाइकल लन्च
रिभोल्ट मोटर्सले आरभी ४०० को नयाँ भेरिएन्ट आरभी४०० बीआरजेड इलेक्ट्रिक...
टाटा मोटर्सले आफ्नो बहुप्रतीक्षित टाटा सिएरा ईभीलाई विश्वकै सबैभन्दा कठिन अफरोड क्षेत्र संयुक्त अरब इमिरेट्सको लिवा मरुभूमिमा सफल परीक्षण सम्पन्न गरेको छ। कम्पनीले सो एसयूभी जुन ३० लन्च गर्ने तयारी गरेको छ ।
रुब अल खालीका नामले पनि परिचित लिवा मरुभूमि विशाल बालुवाका टिब्बा र अत्यधिक तापक्रमका कारण विश्वकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक मानिन्छ। यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने गर्छ भने बालुवाको सतह ६० डिग्री सेल्सियसभन्दा बढी तातो हुने गर्छ। यस्तै कठिन परिस्थितिमा टाटा सिएरा ईभीलाई परीक्षण गरिएको थियो।
टाटा सिएरा ईभीले ५०० एनएमको टर्क उत्पादन गर्छ । साथै यसमा एआई अल ह्विल ड्राइभ सिस्टम पनि जडान गरिएको छ । यस्ता कठिन मार्ग र ५० डिग्रीसम्मको उकालोमा पनि सो इलेक्ट्रिक गाडीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको थियो । यसले इलेक्ट्रिक सवारीसाधन पनि कठिन अफरोड यात्राका लागि सक्षम रहेको प्रमाणित गरेको कम्पनीको दाबी छ।
टाटा मोटर्सका अनुसार सो परीक्षणको मुख्य उद्देश्य सिएरा ईभीलाई पारिवारिक विद्युतीय एसयूभी मात्र नभई एड्भेन्चर यात्रा मन पराउने प्रयोगकर्ताका लागि पनि भरपर्दो विकल्पका रूपमा स्थापित गर्नु हो।
रिभोल्ट मोटर्सले आरभी ४०० को नयाँ भेरिएन्ट आरभी४०० बीआरजेड इलेक्ट्रिक...
काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...
काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...