जिली ईएक्स ५ म्याक्स र प्रो किन्दा अफरै अफर, यस्तो छ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको बिक्री योजना
काठमाडौं – नेपालमा जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक...
युरोपेली बजारमा पहिलो पटक पूर्ण विद्युतीय सवारी साधनहरू अर्थात बीईभीको बिक्रीले पेट्रोलियम पदार्थ मात्र प्रयोग हुने सवारी साधनको बिक्रीलाई उछिनेको छ। यो उपलब्धि अटोमोटिभ उद्योगको लागि ऐतिहासिक क्षण भएको बताइएको छ।
मे महिनामा युरोप अर्थात युरोपेली संघ, युनाइटेड किङडम र ईएफटीए देशहरूमा नयाँ कार बजारको २३.३ प्रतिशत इलेक्ट्रिक सवारी साधनहरूको बिक्रीले ओगटेको बताइएको छ भने पेट्रोल कारहरूको बिक्री २१.७ प्रतिशतमा झरेको थियो । हाइब्रिडहरूले बजारको सबैभन्दा ठूलो हिस्साको साथ प्रभुत्व जमाइरहेको टेलिग्राफले रिपोर्ट प्रकाशित गरेको छ।
वर्षको पहिलो पाँच महिनामा ईयूमा ९ लाख ५० हजार भन्दा बढी विद्युतीय कारहरू दर्ता भएको र त्यसले बजारको २० प्रतिशत प्रतिनिधित्व गरेको बताइएको छ।
पेट्रोल र डिजेल कारहरूको माग घट्दै गइरहेको बताइएको छ। पेट्रोल मोडलहरूको दर्ता १८.२ प्रतिशतले घटेको छ भने डिजेल कारहरू १६.६ प्रतिशतले घटेका छन्।
इलेक्ट्रिक भेइकल्स अर्थात ईभीको बिक्रीमा सबैभन्दा बलियो वृद्धि इटालीमा ७५.७ प्रतिशत बढेको छ भने त्यसपछि फ्रान्समा ५५.४ प्रतिशत र जर्मनीमा ४०.९ प्रतिशत वृद्धि भएको छ। यसमा टेस्लाको समेत महत्वपूर्ण भूमिका रहेको र मे महिनामा युरोपमा बिक्री लगभग दोब्बर भएको उल्लेख गरिएको छ।
टेस्ला मोडल वाई १७ हजार १८३ युनिटका साथ ईयूमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कारको रूपमा पुनरागमन गरेको छ भने टेस्ला मोडल ३ चाहिं ९ हजार ५६६ युनिटका साथ दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी, चिनियाँ ब्रान्डहरूले पनि राम्रो स्थान हासिल गर्ने क्रमलाई जारी राखेको उल्लेख गरिएको छ। मे महिनामा १ लाख २१ हजार सवारी साधनहरू बिक्री गर्दै पहिलो पटक १०.७ प्रतिशतको बजार हिस्सा हासिल गरेको र गत वर्षको सोही अवधिको तुलनामा लगभग दोब्बर भएको बताइएको छ।
काठमाडौं – नेपालमा जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक...
नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...