आइतबारदेखि जयनगर–कुर्था खण्डमा रेल चल्ने
काठमाडौँ – भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन...
स्विस रेल निर्माता स्ट्याडलर र इटालीको एआरएसटीले संयुक्त रूपमा विश्वकै पहिलो हाइड्रोजन रेल पेश गरेका छन्। धुवाँ वा हानिकारक ग्यास उत्सर्जन नगर्ने सो रेलले केवल पानीको वाष्प मात्र बाहिर निकाल्नेछ। सो रेल सन् २०२८ देखि इटालीको सार्डिनिया क्षेत्रमा यात्रु सेवाका लागि सञ्चालन गर्ने योजना बनाइएको छ।
स्ट्याडलरका अनुसार सार्डिनियामा यस्ता १० वटा हाइड्रोजन रेल सञ्चालनमा आएपछि प्रत्येक वर्ष २ हजार १०० टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकिनेछ। कम्पनीले यसलाई कारबाट करिब ४५० पटक पृथ्वीको परिक्रमा गर्दा हुने प्रदूषण बराबरको उत्सर्जन कटौती हुने उपलब्धिका रूपमा व्याख्या गरेको छ। रेलले सञ्चालनका क्रममा धुवाँको सट्टा केवल पानीको वाष्प मात्र उत्सर्जन गर्ने भएकाले यसलाई पूर्ण रूपमा प्रदूषणरहित सार्वजनिक यातायातको उदाहरण मानिएको छ।
सो रेल सञ्चालनका लागि आवश्यक हाइड्रोजन ग्यास पनि स्थानीय स्तरमै उत्पादन गरिनेछ। सार्डिनियामा शतप्रतिशत सौर्य ऊर्जाको प्रयोग गरी हरित हाइड्रोजन उत्पादन गर्ने योजना बनाइएको छ। रेलको बीच भागमा विशेष शक्ति प्याक डिब्बा रहनेछ, जहाँ हाइड्रोजन ट्याङ्की र फ्युल सेल्स जडान गरिनेछ। सो सिस्टमले रेल सञ्चालनका क्रममा ब्याट्री निरन्तर चार्ज हुँदै जानेछ ।
सार्डिनियाको पहाडी भूगोल र साँघुरा रेलमार्गलाई ध्यानमा राखेर यो रेल विशेष रूपमा विकास गरिएको हो। त्यहाँका रेलमार्गमा धेरै तीखा घुम्ती, साँघुरा ट्र्याक र तौलसम्बन्धी कडा सीमाका कारण आधुनिक भारी विद्युतीय रेल सञ्चालन गर्न वा विद्युतीय तार जडान गर्न कठिन थियो। यही कारणले दशकौँदेखि पुराना डिजेल रेल सञ्चालन हुँदै आएका थिए। अब भने स्ट्याडलरले हलुका संरचना र विशेष प्रविधिमा आधारित हाइड्रोजन रेल विकास गरेपछि ती चुनौतीहरू समाधान हुने अपेक्षा गरिएको छ।
पुराना डिजेल रेलको तुलनामा यसमा आवाज र कम्पन अत्यन्त कम हुने भएकाले यात्रा थप शान्त र आरामदायी हुनेछ। रेलमा ठुला पानोरामिक सिसाका झ्याल राखिनेछ, जसबाट यात्रुहरूले सार्डिनियाको प्राकृतिक सौन्दर्य सहज रूपमा अवलोकन गर्न सक्नेछ। रेलको सम्पूर्ण क्याबिन एयर कन्डिशन हुनेछ भने वृद्धवृद्धा तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सहज रूपमा चढ्न र ओर्लन मिल्ने गरी तल्लो भुइँ भएको डिजाइन अपनाइएको छ।
सम्झौताअनुसार सार्डिनियाले कुल १० वटा हाइड्रोजन रेल प्राप्त गर्नेछ। यससँगै स्ट्याडलरले इटालीको क्यालाब्रिया क्षेत्रका लागि नौ वटा र सिसिलीका लागि दुई वटा समान प्रविधिका रेल पनि निर्माण गरिरहेको छ। यात्रु सेवामा सञ्चालन हुनुअघि यी सबै रेलले इटालीको राष्ट्रिय रेल सुरक्षा एजेन्सीद्वारा गरिने कडा सुरक्षा परीक्षण सफलतापूर्वक पार गर्नुपर्नेछ। सबै रेल स्विट्जरल्यान्डस्थित स्ट्याडलरको मुख्य उत्पादन केन्द्रमा निर्माण गरिने जनाइएको छ।
काठमाडौँ – भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन...
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक निजी क्षेत्र साझेदारी...
काठमाडौँ । भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...