एक लिटर डिजेल बेच्दा निगमलाई १२० रूपैयाँ घाटा, पेट्रोल र ग्यासमा कति ?
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगम लगातार घाटामा गइरहेको छ...
काठमाडौँ - नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगर नजिकैको पार्किङ स्थलबाट हराएको पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ । २० हजार लिटर पेट्रोल बोकेको उक्त ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएपछि निगमले ढुवानीकर्तालाई कारबाही गर्दै दोब्बर रकम असुल गरेको छ ।
निगमको कोशी प्रादेशिक कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ । विज्ञप्ति अनुसार, नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्याङ्कर ले असार ६ गते इन्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेको थियो ।
उक्त ट्याङ्कर असार ७ गते बिहान ८ बजे निगमको डिपोदेखि करिब ३०० मिटर दुरीमा रहेको कदमगाछीस्थित पार्किङमा आइपुगेको थियो । तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी निगमलाई गराएका थिए ।
उक्त ट्याङ्कर असार ७ गते बिहान ८ बजे निगमको डिपोदेखि करिब ३०० मिटर दुरीमा रहेको कदमगाछीस्थित पार्किङमा आइपुगेको थियो । तर, असार ८ गते बिहान ९ बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी निगमलाई गराएका थिए ।
निगमले तत्काल प्रहरीलाई खबर गरी सिसिटिभी फुटेज अध्ययन गर्दा उक्त ट्याङ्कर बिहान ३ः०३ बजे पार्किङबाट बाहिरिएर नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । खोजी कार्यलाई तीव्रता दिँदा निगमबाट करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको थियो। भेटिँदा ट्याङ्कर को ताला काटिएको अवस्थामा थियो ।
तत्कालै प्रहरी, निगमका कर्मचारी र ढुवानीकर्ताको रोहवरमा मुचुल्का तयार गरी ट्याङ्कर लाई निगमको पार्किङमा ल्याएर सिल गरिएको थियो ।
बुधबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम र ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा सिल खोली नापजाँच गर्दा ट्याङ्कर बाट ९७३ लिटर पेट्रोल चोरी भएको पाइएको हो । बाँकी रहेको १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ ।
पेट्रोल चोरी भएको पाइएपछि निगमले ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ मा भएको व्यवस्था बमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरेको कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगम लगातार घाटामा गइरहेको छ...
काठमाडौं – नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र...
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...