स्कोडाको नयाँ इलेक्ट्रिक कारकाे टिजर सार्वजनिक, २०२६ सम्ममा ६ कार लन्च गर्ने
स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर...
भारतीय बजारमा स्कोडा ‘आरएस’ सिरिजको क्रेज कतिसम्म छ भन्ने कुरा कम्पनीको नयाँ गाडीले प्रमाणित गरिदिएको छ । स्कोडाले आफ्नो बहुप्रतीक्षित फ्ल्यागशिप एसयूभी कोडियाक आरएसको बुकिङ खुला गरेको मात्र ६ मिनेटभित्र सबै गाडीहरू सोल्ड आउट भएको दाबी गरेको छ ।
कम्पनीका अनुसार पहिलो ब्याचका लागि केवल ५० युनिट मात्र आयात गर्ने घोषणा गरिएको थियो, जुन बुकिङ खुला हुनासाथ ग्राहकहरूले क्षणभरमै बुक गरिसकेका थिए ।
भारतमा स्कोडाको स्पोर्टी आरएस मोडलहरूको फ्यान फलोइङ निकै बलियो छ । २२ वर्षअघि पहिलो पटक अक्टाभिया आरएस भित्रिएदेखि नै यो ब्रान्डले एसयूभी पारखीको मन जित्दै आएको छ । यसअघि २०२५ मा सार्वजनिक भएको अक्टाभियाको पछिल्लो मोडल पनि मात्र २० मिनेटमा बिक्री भएर रेकर्ड राखेको थियो भने, यस पटक कोडियाक आरएसले त्यो रेकर्डलाई पनि तोडिदिएको छ ।
नयाँ कोडियाक आरएसमा अक्टाभिया आरएसकै जस्तो शक्तिशाली २.० लिटर टर्बो–पेट्रोल इन्जिन प्रयोग गरिएको छ । यसले २६१ बीएचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्दछ । स्कोडाले यसमा ७–स्पिड डुअल–क्लच अटोमेटिक गियरबक्स र अल–ह्विल–ड्राइभ सिस्टम उपलब्ध गराएको छ ।
एसयूभीमा अपग्रेड गरिएको पावरफुल ब्रेक र एडप्टिभ सस्पेन्सन जस्ता प्रिमियम फिचर्स रहेका छन् ।
यस दमदार एसयूभीले मात्र ६.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार समात्न सक्छ । त्यस्तै, यसको अधिकतम गति २३१ किलोमिटर प्रतिघण्टा रहेको छ । रफ्तार र प्रिमियम लुक्स मन पराउनेहरूका लागि यो गाडी निकै उपयुक्त हुनेछ ।
स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर...
स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज...
स्कोडाले छिट्टै बजारमा ल्याउने तयारी गरेको नयाँ इलेक्ट्रिक एसयूभी एलरोक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...