इरानले ६० दिनसम्म विश्वभर तेल बेच्न पाउने

काठमाडौं - स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ ।

स्विटजरल्याण्डमा हालै भएको वार्तापछि अमेरिकाले गरेका यी निर्णयबाट दुई देशबीचको तनाव केही कम भएको संकेत देखिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी अर्थ मन्त्रालयले इरानी तेलको उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन् ।

यस निर्णयसँगै आगामी ६० दिनसम्म अर्थात् २१ अगष्टसम्म इरानले आफ्नो तेल र पेट्रोलियमजन्य उत्पादन विश्व बजारमा बिक्री गर्न पाउनेछ । यस अवधिमा अमेरिकी कम्पनीहरूले समेत इरानी तेल खरिद गर्न सक्नेछन् र त्यसको भुक्तानी अमेरिकी डलरमा गर्न सकिनेछ । आवश्यक परे यो व्यवस्था २१ अगस्टपछि नवीकरण गर्न पनि सकिने बताइएको छ । उक्त लाइसेन्सअन्तर्गत इरानले अमेरिकी डलरमा भुक्तानी प्राप्त गर्न सक्नेछ ।

यो कदम स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच सम्पन्न वार्तापछि चालिएको हो । यसलाई वार्ताको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् । वार्ताका क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुन: आफ्नो देशमा प्रवेश गर्न दिने सहमति जनाएको छ ।

साथै, उसले स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसअघि क्षेत्रीय तनाव र द्वन्द्वका कारण तेल ट्यांकरहरूको आवागमन उल्लेखनीय रूपमा घटेको थियो । सुरक्षा चिन्ताका कारण धेरै जहाजहरूले यो मार्ग प्रयोग गर्न छाडेका थिए । तर पछिल्लो सहमतिपछि जहाजहरूको आवागमन पुन: बढ्न थालेको बताइएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । विश्वमा निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल यही मार्गबाट ओसारपसार हुने गर्छ । त्यसैले यहाँ स्थिरता कायम हुँदा विश्वव्यापी तेल तथा ग्यास बजारलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

सहमतिअनुसार आगामी ६० दिनसम्म जहाजहरूले कुनै अतिरिक्त शुल्क नतिरी स्ट्रेट अफ होर्मुज पार गर्न सक्नेछन् । त्यसपछि इरान र खाडी क्षेत्रका देशहरूले यस मार्गको दीर्घकालीन व्यवस्थापन तथा सम्भावित शुल्क संरचनाबारे थप छलफल गर्नेछन् ।

यसैगरी इरानका प्रमुख वार्ताकारले अमेरिकासँग १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का गरिएको कोष फुकुवा गर्ने सहमति पनि भएको बताएको अलजजिराले जनाएको छ ।अमेरिकाले स्विट्जरल्यान्डमा १८ घण्टा लामो गहन वार्तापछि इरानले अन्तर्राष्ट्रिय आणविक निरीक्षणलाई अनुमति दिने प्रतिबद्धता जनाएपछि यो निर्णय गरिएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएका इरानी सम्पत्ति अमेरिकी कृषि उत्पादन खरिद गर्न प्रयोग गरिने बताएका छन् । तर इरानको केन्द्रीय बैंकले उक्त टिप्पणी अस्वीकार गर्दै तेहरान अमेरिकी कृषि वस्तु खरिद गर्न बाध्य नभएको स्पष्ट पारेको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंका पेट्रोल पम्पले डेढ महिना भित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौंका पेट्रोल पम्पले डेढ महिना भित्र शौचालय सञ्चालन गर्नुपर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुलाई ४५...

डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलकाे कति ?

डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो, पेट्रोलकाे कति ?

काठमाडौँ – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य...

यूएईमा आक्रमणसँगै कच्चा तेलको मूल्य थप बढ्यो

यूएईमा आक्रमणसँगै कच्चा तेलको मूल्य थप बढ्यो

काठमाडौँ–संयुक्त अरब इमिरेट्स (यूएई) को एउटा आणविक ऊर्जा केन्द्रमा आक्रमण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...