अब नयाँ बसपार्कको टिकट कम्प्युटर प्रणालीमार्फत काटिने
काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको...
काठमाडौं - यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि बन्द गरेको सार्वजनिक सवारी दर्ता आंशिक रुपमा खुलाएको छ।
एलसी खोलेर प्रक्रिया अघि बढेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी दर्ता खुल्ला गर्ने निर्णय भएको छ। विभागले सातै प्रदेश र स्थानीय तहलाई सोमबार परिपत्र जारी गरेको छ।
विभागको परिपत्रमा भनिएको छ, ‘२०८३ जेठ ८ गतेसम्म प्रतितपत्र (एलसी) खोली सार्वजनिक सवारी साधनहरू ल्याउन तथा दर्ता प्रक्रिया अघि बढाई सकेका सवारी साधनका आयातकर्ता कम्पनीलाई सम्बन्धित कागजातहरू पेश गर्न लगाई मिति २०८३ जेठ ८ गते वा सो भन्दा अघि नै प्रतित पत्र (एलसी) खोलिसकी प्रक्रिया अघि बढिसकेका साथै नेपाल भित्रिइसकेका सार्वजनिक सवारी साधनहरूको कागजात हेरी सोही अनुरूप देखिएमा ती सार्वजनिक सवारी साधनहरू दर्ता गर्न कुनै बाधा नपर्ने बेहोरा निर्णय अनुसार अनुरोध छ।’
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ भएको भन्दै विभागले गत वैशाख ७ गते सार्वजनिक यातायात दर्ता रोक्का गर्न सातै प्रदेश र स्थानीय सरकारलाई पत्राचार गरेको थियो।
त्यसपछि केही समयका लागि सार्वजनिक यातायात दर्ता रोकिएको थियो। तर बागमती प्रदेशले भने संघ सरकारको निर्णयको अवज्ञा गर्दै सार्वजनिक सवारी दर्ता खोल्ने निर्णय गरिसकेको छ। बागमती प्रदेशले जेठ १९ गते आफ्ना मातहतका कार्यालयलाई सार्वजनिक सवारी दर्ता जारी राख्न निर्देशन दिएको थियो।

काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको...
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...
ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...