नाइमा एक्सपोमार्फत अर्को ईभी भ्यान भित्रिदै नेपाल, जारी भयो कौतहलतापूर्ण टिजर

काठमाडौं – नेपाली बजारमा अर्को ईभी भ्यान भित्रिने भएको छ । नेपालमा पहिले देखि नै फोर्स र म्याक्ससका सवारी साधन बिक्री–वितरण गरिरहेको हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स अर्थात म्याक्सस नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको छ ।

टिजर हेर्दा कुनै नयाँ इलेक्ट्रिक भ्यान नेपाल भित्रिने तयारीमा रहेको बुझिन्छ । ‘समथिङ बिग, लन्चिङ सुन इन नेपाल’, ‘अ न्यु सरप्राइज इज अन इट्स वे’, ‘ओ, सरी अगेन, हेयर कम्स एनादर वान’ भन्ने तरिकाले कम्पनीले नयाँ ईभी भ्यानको तस्बिर सार्वजनिक गरेको छ । ४३६ किलोमिटर (डब्लुएलटीपी), लक्जरी १६ सिटर तथा बोल्ड एन्ड स्टाइलिस लेखिएको सो टिजरबाटै धेरै कुरा अनुमान पनि गर्न सकिन्छ ।

यस अनुसार नेपालमा अब छिट्टै नै म्याक्ससको ईभी भ्यान समेत भित्रिन थालेको अनुमान गर्न सकिन्छ । सो भ्यानले सिंगल चार्जमा ४३६ किलोमिटरको रेन्ज दिने र यो १६ सिटर लक्जरी भ्यान रहेको अनुमान गर्न सकिन्छ । यसमा १०२.२ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ भने २०३ एमएमको ग्राउन्ड क्लियरेन्स् हुनेछ । अन्य विशेषता वारेमा पछि थाहा हुनेछ ।

कम्पनीका अनुसार आगामी साउन महिनामा सम्पन्न हुने नाइमा मोबिलिटी एक्सपो २०२६ मा औपचारिक रुपमा सो ईभी भ्यान लन्च गरिने छ । उक्त भ्यान नेपालमा उपलब्ध पहिलो युरोपियन सर्टिफाइड प्रिमियम ईभी भ्यान हुने र यसको अन्य फिचर समेत त्यही समयमा सार्वजनिक हुनेछ ।

नेपाली बजारमा म्याक्सस ब्रान्डको ई–टेरानो पिकअप र मिफा एमपीभी पहिले देखि नै हिमालय मोट्रक्सले बिक्री–वितरण गरिरहेको छ । अब यसमा ईभी भ्यान समेत थपिने भएको छ ।

पाँच जना बस्न मिल्ने म्याक्सस ई(टेरानो पिकअप गत वर्ष मनाङमा लन्च गरिएको थियो । त्यसैगरी म्याक्सस मिफा एमपीभी समेत प्रिमियम ग्राहकका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

सम्बन्धित समाचारहरू

अब ४० किलोवाटको ब्याट्रीयुक्त टाटा नेक्सन ईभी आउने, रेन्ज पनि बढ्ने

अब ४० किलोवाटको ब्याट्रीयुक्त टाटा नेक्सन ईभी आउने, रेन्ज पनि बढ्ने

टाटा नेक्सन ईभी अझै अपडेट भएर आउने भएको छ । सन् २०२२ को मध्य सम्ममा बजारमा...

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं – नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ...

यस्तो छ नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको मूल्य सूची

यस्तो छ नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...