पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग, सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिका–९, देउराली देवीस्थानमा पहिरो गएका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ । मर्मत कार्यका लागि यो बाटो एक महिनाका लागि बन्द रहने जानकारी दिइएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ को महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक पनि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।

ईलामस्थितमेची कोरिडोर इलाम नगरपालिका–९, पुवाखोलामा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । तत्कालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिनेछ ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फीमात्र सञ्चालनमा छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास–५, टुटेश्वर खण्डमा सडक एकतर्फी सुचारु रहेको छ ।

सम्बन्धित समाचारहरू

हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा

हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा

काठमाडौँ । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका...

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

पर्वत – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी...

दशैंको मौसममा घुमघामको तयारी गर्दै हुनुहुन्छ ? यी हुन् उपयुक्त स्थान

दशैंको मौसममा घुमघामको तयारी गर्दै हुनुहुन्छ ? यी हुन् उपयुक्त स्थान

हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सकियो । पछिल्लो समय दशैंमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...