ह्याप्पी बर्थडे जितु नेपाल : बसको पछाडि झुन्डिने, कन्डक्टर आउनु पहिले नै झरिहाल्ने

आज असार १ । हाँस्य कलाकार तथा अभिनेता जितु नेपालको जन्म दिन हो । जितु नेपाल अर्थात जित बहादुर नेपाल । उनको जन्म वि सं २०३२ साल असार १ गतेका दिन सिन्धुपाल्चोकमा भएको हो ।

माता योगमाया नेपाल र पिता शशिधर नेपालका सुपुत्रका रुपमा उनको जन्म भएको थियो । १६ वर्षको उमेरमा एसएलसी पास गरेर काठमाडौँ छिरेका उनी सुरुमै कलाकार बन्न काठमाडौँ आएका थिएनन्, केवल कामको खोजीमा थिए।

काम नपाएर उनी भोकभोकै हिँडेको र बसभाडा तिर्ने पैसा नहुँदा बसको पछाडि झुण्डिएर वा छतमा चढेर यात्रा गर्थे । अनि कन्डक्टर आउनुअघि नै झरिहाल्थे । उनका यस्ता संघर्षका कथाहरु विभिन्न अन्तर्वार्ताहरुमा सुनिएको छ ।

सेक्युरिटी गार्डको जागिर खान जाँदा उनको होचो कद र सानो शरीरको बनोटका कारण धेरै ठाउँबाट अयोग्य भन्दै निकालिएका उनको कालिमाटी बजारबाट साइकलमा तरकारी लोड गरेर बानेश्वरसम्म ठेल्ने गरेको दैनिकी पनि केहि समय चल्यो। रोजगारीकै सिलसिलामा भारत पुगेर दुई वर्ष नोकरी गरेका उनी पछि नेपाल फर्किएपछि मात्र उनी अभिनय तिर लागे।

जितु नेपालले आफ्नो अभिनय यात्रा नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खला ’ट्वाक्क टुक्क’ बाट सुरु गरेका थिए, जसमा उनको स–सानो भूमिका हुने गथ्र्यो । नेपाल टेलिभिजनकै जिरे खुर्सानी टेलिशृङ्खला भने उनको अभिनय करियरको टर्निङ प्वाइन्ट बन्यो।

जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय रहेको फिल्म ‘आई एम जित बहादुर’ आगामी असार ५ देखि प्रदर्शन हुँदैछ ।

यस फिल्ममा जितुसहित नायिका प्रियंका कार्की, वर्षा राउत, सन्दीप क्षेत्री र देशभक्त खनाल मुख्य भूमिकामा रहेका छन् ।

पोस्टरमा जितुलाई दुई फरक अवतारमा प्रस्तुत गरिएको छ । उनी जोक्कर र अधवैंशे पुरुष चरित्रमा देखिएका छन् । नायिका वर्षा र जितु जोडीको भूमिकामा देखिएका छन् ।

तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो फिल्म विशेष हुने देखिन्छ ।

सम्बन्धित समाचारहरू

मापदण्ड विपरीत प्रयोग भएका सवारी साधन तुरुन्त फिर्ता गर्न आदेश, कति छन् सरकारी सवारी साधन ?

मापदण्ड विपरीत प्रयोग भएका सवारी साधन तुरुन्त फिर्ता गर्न आदेश, कति छन् सरकारी सवारी साधन ?

काठमाडौँ – सरकारले मापदण्ड विपरीत प्रयोगमा आएका सरकारी सवारीसाधनहरू...

के कुनै पार्टी एउटा स्कुटरमा अट्न सक्छ ?

के कुनै पार्टी एउटा स्कुटरमा अट्न सक्छ ?

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेको एउटा भनाइले अहिले निकै नै चर्चा...

पैदल यात्रीको हिड्ने साइड कता ? दायाँबाट कि बायाँबाट ?

पैदल यात्रीको हिड्ने साइड कता ? दायाँबाट कि बायाँबाट ?

धेरै पैदलयात्री सडकमा हिड्ने क्रममा बायाँ साइडबाट हिड्नु पर्छ भन्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...