बीवाईडीको डाइनेस्टी सिरिजले रच्यो इतिहास, १३ वर्षमै एक करोड गाडी उत्पादन
काठमाडौं–बीवाईडीको चर्चित ‘डाइनेस्टी’ सिरिजले सवारी उत्पादनमा नयाँ...
चिनियाँ गाडी उत्पादक कम्पनी जिलीका अध्यक्ष ली शुफुले अटोमोटिभ उद्योगमा बढ्दै गएको कम लागतको उत्पादन र इन्जिनियरिङ ‘सर्टकट’ प्रति कडा आपत्ति जनाएका छन् । २०२६ चाइना अटोमोटिभ चोङकिङ फोरममा बोल्दै उनले तत्काल वित्तिय प्रतिफल वा नाफा कमाउने उद्देश्यले गरिने यस्ता अभ्यासले ब्रान्डको दीर्घकालीन अस्तित्व र मानव जीवन दुवैलाई खतरामा पार्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष शुफुले सवारी साधनहरू उच्च मूल्य र लामो समयसम्म टिक्ने टिकाउ सामान भएकाले यसमा कठोर जीवनचक्र परीक्षण अनिवार्य हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सवारी सुरक्षाले प्रत्यक्ष रूपमा मानव जीवनलाई असर गर्छ । त्यसैले, इन्जिनियरिङ प्रक्रियाहरू गणितीय सूत्र जस्तै पारदर्शी र प्रमाणित हुनुपर्छ ।’
गाडी विकासमा अपनाइने छोटो अवधिको विधिलाई ‘फास्ट–फुड उत्पादन दर्शन’ को संज्ञा दिँदै उनले यसले कम्पनीहरूका लागि अपरिवर्तनीय परिचालन र कानुनी जोखिमहरू सिर्जना गर्ने बताए । उनले बजारमा चल्ने सस्तो प्रतिलिपि अभ्यासलाई पूर्ण रूपमा अस्वीकार गरे ।
उनको यो धारणा हालै अर्को प्रमुख चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडीका कार्यकारीले दिएको चेतावनीसँग पनि मेल खान्छ, जसमा उद्योग बचाउन र बजारमा टिकिरहन ‘स्वतन्त्र अनुसन्धान र नवप्रवर्तन’ अनिवार्य रहेको उल्लेख गरिएको थियो ।
यही नीतिगत स्पष्टताका साथ जिलीले सस्तो र कमसल उत्पादन मोडलहरूबाट टाढा रहने गरी आफ्नो व्यावसायिक ढाँचामा व्यापक परिवर्तन सुरु गरेको छ । अत्यधिक प्रतिस्पर्धात्मक मास मार्केट सेग्मेन्टमा आफ्नो दीर्घकालीन प्रभुत्व जमाउन कम्पनीले अनावश्यक उत्पादन युनिटलाई क्रमबद्ध रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...