मोटरसाइकल जोगाउँदा ईभी माइक्रो दुर्घटना : कलंकीमाई समिति
काठमाडौं – कलंकीमाई विद्युतीय माइक्रोबस समितिले गत आइतबार रत्नपार्कमा...
विद्युतीय सवारी साधनको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। तर गर्मी लागेसँगै विद्युतीय गाडीमा आगलागी हुने जोखिम पनि बढाएको छ । यद्यपि विभिन्न तथ्याङ्कले पेट्रोल तथा डिजेल सवारीको तुलनामा विद्युतीय सवारीमा आगलागी हुने सम्भावना निकै कम रहेको पुष्टि गरेको छ ।
विद्युतीय सवारीमा आगलागीको मुख्य कारण थर्मल रनअवे हो। ब्याट्री सेलभित्रको तापक्रम अचानक असामान्य रूपमा बढेपछि रासायनिक प्रतिक्रिया सुरु हुन्छ, जसले आगलागी निम्त्याउन सक्छ। यस्तो अवस्था सामान्यतया ब्याट्री उत्पादनका क्रममा भएको प्राविधिक त्रुटि, चार्जिङ सिस्टममा समस्या वा गम्भीर दुर्घटनाका कारण ब्याट्रीभित्र सर्ट सर्किट हुँदा उत्पन्न हुने गर्छ।
विद्युतीय सवारीमा आगलागीको अर्को सम्भावित जोखिम नुनिलो पानीसँग सम्बन्धित छ। यदि अत्यधिक नुनयुक्त पानी ब्याट्रीको सुरक्षात्मक आवरणभित्र प्रवेश गर्यो भने त्यसले सर्ट सर्किट गराएर आगलागी निम्त्याउन सक्छ। विश्वका केही विद्युतीय सवारीमा यस्ता घटना सीमित रूपमा रिपोर्ट भए पनि यस्ता घटनाको संख्या अत्यन्त न्यून रहेको बताइन्छ।
बढ्दो सुरक्षात्मक चुनौतीलाई ध्यानमा राख्दै विश्वका प्रमुख सवारी उत्पादक कम्पनीहरूले ब्याट्री सुरक्षामा विशेष ध्यान दिइरहेका छन्। आधुनिक विद्युतीय सवारीहरूमा दुर्घटनाको अवस्थामा ब्याट्री सुरक्षित रहोस् भनेर विशेष संरचना प्रयोग गरिन्छ। उदाहरणका लागि, मर्सिडिज–बेन्जको विद्युतीय जी–क्लासमा बलियो कार्बन–फाइबर अन्डरबडी प्रयोग गरिएको छ भने ओडीको क्यु–आठ ई–ट्रोनमा ब्याट्रीको सुरक्षाका लागि मजबुत आल्मुनियम फ्रेम जडान गरिएको छ।
विश्वका विभिन्न देशमा गरिएको अनुसन्धानले विद्युतीय सवारीको आगलागीसम्बन्धी जोखिम निकै कम रहेको देखाएको छ। स्वीडेनमा विद्युतीय सवारीमा आगलागी ०.००४ प्रतिशत, अष्ट्रेलियामा ०.००१२ प्रतिशत, नर्वेमा २.३ प्रतिशतदेखि ४.८ प्रतिशतसम्म र संयुक्त राज्य अमेरिकामा ०.०१ प्रतिशतभन्दा कम भएको देखाइएको छ ।
काठमाडौं – कलंकीमाई विद्युतीय माइक्रोबस समितिले गत आइतबार रत्नपार्कमा...
काठमाडौं – भृकुटीमण्डपस्थित प्रदर्शनी हलामा जारी नाइमा नेपाल मोबिलिटी...
लन्चदेखि नेतृत्वसम्म : उल्लेखनीय उपलब्धि र महत्वपूर्ण कोशेढुंगाले भरिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...