नेपाल आएको १० महिनापछि बिक्री सुरु हुँदै बीवाईडी सिलायन ७, यस्तो छ विशेषता
काठमाडौं–बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
बीवाईडीले आफ्नो नयाँ र अत्याधुनिक इलेक्ट्रिक एसयूभी बीवाईडी सिलायन ०८ को प्राविधिक विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले यस एसयूभीमा ११५ किलोवाट आवर क्षमताको विशाल लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्याक उपलब्ध गराएको छ । चीनको लाइट–ड्युटी भेइकल टेस्ट साइकल (सीएलटीसी) मापदण्ड अनुसार यो ब्याट्रीले एक पटकको फुल चार्जमा ९०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।
एलएफपी ब्याट्रीको कम ऊर्जा घनत्वका कारण यसको तौल निकै बढी अर्थात् ८१०.५ किलोग्राम रहेको छ । जुन, लङ–रेन्ज रियर–ह्वील ड्राइभ संस्करणको कुल कर्ब तौल (२,५९५ केजी) को करिब ३१.२ प्रतिशत हो। यस ट्रिममा ३७० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ ।
कम्पनीले यस एसयूभीलाई विभिन्न भेरिएन्टमा उतार्ने तयारी गरेको छ । जसअनुसार, इन्ट्री लेभल भेरियन्टमा ९२.०९३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ । यस ब्याट्रीको तौल ६३३ केजी छ, जसले गाडीको कुल तौल (२,४२० केजी) को २६ प्रतिशत हिस्सा ओगट्छ । कारमा ३२० किलोवाट क्षमताको रियल ह्विल मोटर जडान गरिनेछ ।
सिलायन ०८ को टप स्पेक भेरिएन्ट डुअल मोटर र अल–ह्वील ड्राइभ पावरट्रेनमा उपलब्ध हुनेछ, जसको कुल पावर आउटपुट ५८५ किलोवाट रहने बताइएको छ । २,७१० केजी कर्ब तौल भएको यो शक्तिशाली एसयसुभीले मात्र ५ सेकेन्डको आसपासमा शून्यदेखि १०० किमी प्रतिघन्टाको गति पकड्न सक्छ । यसको सीएलटीसी रेन्ज ८०० किलोमिटर छ ।
बीवईडीको दोस्रो पुस्ताको ’ब्लेड ब्याट्री’ प्रयोग गरिने यस एसयूभीले फ्ल्यास चार्जिङलाई समेत सपोर्ट गर्दछ । अत्याधुनिक चार्जिङ प्रविधिका कारण यो ब्याट्री मात्र ९ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन सक्छ, जसले गर्दा लामो यात्रामा निस्कने चालकहरूका लागि चार्जिङको समय निकै बचत हुनेछ ।
सिलायन ०८ प्लग–इन हाइब्रिड संस्करणमा समेत उपलब्ध हुने जनाइएको छ । यसको डीएम–आई मोडलमा १.५ लिटर क्षमताको इन्जिन र २०० किलोवाटको इलेक्ट्रिक मोटर उपलब्ध गराइनेछ । जसको इलेक्ट्रिक रेन्ज नै ४०० किलोमिटर दाबी गरिएको छ ।
कारमा डुअल चेम्बर एयर सस्पेन्सन सहितको डिसस–ए चेसिस र रियर–ह्वील स्टेयरिङ सिस्टम उपलब्ध हुनेछ । साथै, यसमा अत्याधुनिक डिपाइलट ५.० असिस्टेड ड्राइभिङ सिस्टम छ, जसले राजमार्ग र सहरी सडकहरूमा ‘नेभिगेट अन अटोपाइलट’ को कार्य स्वचालित रूपमा गर्न सक्षम बनाउँछ ।
काठमाडौं–बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...
चिनियाँ अटो निर्माता बीवाईडी विश्वमा चौथो धेरै बिक्री हुने कार ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...