अमेरिकी बजार प्रवेश गर्ने तयारीमा अल्ट्राभायोलेट, जुटायो ठूलो लगानी
काठमाडौं–भारतको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट...
चिनियाँ अटोमेकर चांगनले फुटबल विश्वकपलाई लक्षित गर्दै चीनमा एक निकै आकर्षक र अनौठो बजार प्रवद्र्धन अभियान सुरु गरेको छ । कम्पनीले विश्वकपका खेलहरूमा पोर्चुगलको राष्ट्रिय फुटबल टोलीले प्रहार गर्ने प्रत्येक गोलबापत एउटा दिपल कार निःशुल्क उपहार दिने घोषणा गरेको हो ।
यद्यपि, कम्पनीले ‘निःशुल्क’ शब्दलाई उद्धरण चिन्ह भित्र राखेकाले यसका सर्तहरू भने केही फरक र सचेत हुनुपर्ने खालका छन् । जसअनुसार, विजेताहरूले प्राप्त गर्ने कार पूर्ण स्वामित्वको हुने छैन ।
उनीहरूले दिपल गाडीलाई एक वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन्, जुन एक किसिमको निःशुल्क भाडा सरह हो ।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकले चीनमा रहेका आधिकारिक डिलरमा गएर दिपल कारको टेस्ट ड्राइभ गर्नुपर्ने नियम राखिएको छ ।
कम्पनीका अनुसार, पोर्चुगलले गर्ने प्रत्येक गोलसँगै पुरस्कारको सूचीमा एउटा कार थपिँदै जानेछ । यद्यपि, पेनाल्टी सुट आउट र खेल बराबरी भएपछि हुने टाइ ब्रेकिङ राउन्डका गोलहरूलाई भने यसमा गणना गरिने छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...