लिडार, फास्ट चार्जिङ र हाई पर्फर्मेन्स सहित बीवाईडीको नयाँ ग्रेट हान लन्च हुने तयारीमा

बीवाईडीले आफ्नो नयाँ फ्ल्यागशिप सेडान ग्रेट हान प्रस्तुत गरेको छ। कम्पनीले यसलाई मर्सिडिज एस–क्लासजस्ता लक्जरी सेडानसँग प्रतिस्पर्धा गर्न सक्ने मोडलका रूपमा प्रस्तुत गरेको छ।

बीवाईडी ग्रेट हानको लम्बाइ ५,२५६ एमएम र ह्विलबेस ३,१३० एमएमको छ। कारमा बीवाईडीको चर्चित ड्रागन फेस डिजाइन प्रयोग गरिएको छ, जसले यसलाई आकर्षक र आधुनिक स्वरूप प्रदान गरेको छ।यसको छतमाथि लिडार सेन्सर जडान गरिएको छ । सो सिस्टमले सहर तथा राजमार्ग दुवै क्षेत्रमा आधुनिक ड्राइभर असिस्टेन्स सिस्टम  प्रदान गर्ने बताइएको छ।

बीवाईडी ग्रेट हानको ईभी भेरिएन्ट २ वटा विकल्प हुनेछ । यसको रियर ह्विल ड्राइभ भेरिएन्टले ४९६ हर्सपावर उत्पादन गर्नेछ र फुल चार्जमा १,००८ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्नेछ। त्यस्तै, अल ह्विल ड्राइभ भेरिएन्टले ७६४ हर्सपावर उत्पादन गर्नेछ  र फुल चार्जमा ८८० किलोमिटरसम्मको दूरी पार गर्न सक्नेछ।

कम्पनी यसको प्लग इन हाइब्रिड संस्करण पनि उपलब्ध गराउने भएको छ। यसमा १.५ लिटर टर्बो इन्जिन र इलेक्ट्रिक मोटरको संयोजन गरिएको छ, जसले केवल इलेक्ट्रिक शक्तिमा मात्रै ३७० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्नेछ।

यसमा बीवाईडीको नयाँ अल्ट्रा फास्ट फ्ल्यास चार्जिङ प्रविधिको समर्थन हुनेछ। साथै, यात्रालाई अझ सहज र आरामदायी बनाउन समायोजन गर्न मिल्ने एयर सस्पेन्सन सिस्टम डाइसस ए र रियर ह्विल स्टेयरिङ जस्ता फिचर समावेश गरिएको छ । कारको ड्यासबोर्डमा इन्स्ट्रयुमेन्ट क्लस्टर, इन्फोटेनमेन्ट सिस्टम र यात्रुका लागि ३ वटा ठुला स्क्रिन जडान गरिएको छ ।

बीवाईडीले ग्रेट हानलाई यसै वर्षको सेप्टेम्बरसम्म चिनियाँ बजारमा लन्च गर्ने तयारी गरिरहेको छ। सो मोडलले युरोपेली लक्जरी कार निर्माता कम्पनीलाई कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

१० लाख युनिट बिक्री भयो बीवाईडी डल्फिन, नेपाली बजारमा लोकप्रिय बन्दै

१० लाख युनिट बिक्री भयो बीवाईडी डल्फिन, नेपाली बजारमा लोकप्रिय बन्दै

काठमाडौं– बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट...

बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?

बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...