किया सेल्टोस के३ को नेपालमा बिक्री सुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–किया नेपालले अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा विशेष समारोह आयोजना गरी उक्त एसयुभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश छन् ।

कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्यु किया के३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ । भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ ।

यो नयाँ एसयुभीमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू छन्, जसले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयुभीमध्ये एक बनाएको छ ।

अल न्यु किया के३ सेल्टोसले ८१ मा ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक हो ।

एसयुभी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले भनिन्, ‘अल न्यु किया के३ सेल्टोसमा नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धता झल्किन्छ । हामीलाई विश्वास छ यसले एसयूभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्नेछ ।’

अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै विक्री गर्ने कम्पनीको योजना छ । जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध छ ।

४ वटा भेरिएन्टमा उपलब्ध यस एसयूभीको मूल्य ६८ लाख ९० हजारदेखी ९५ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

२ बर्षपछि फेरी भित्रियो सेल्टोसको एचटिके भेरिएन्ट, मूल्य ४८ लाख ९० हजार

२ बर्षपछि फेरी भित्रियो सेल्टोसको एचटिके भेरिएन्ट, मूल्य ४८ लाख ९० हजार

किया सेल्टोसको एचटिके भेरियन्ट २ बर्षपछि पुन नेपाली बजारमा भित्रिएको छ ।...

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

किया ईभी–३ को कन्सेप्ट सार्बजनिक, सानो र सस्तो मोडल हुने

किया ईभी–३ को कन्सेप्ट सार्बजनिक, सानो र सस्तो मोडल हुने

कियाले आफ्नो सवैभन्दा सानो र सस्तो इलेक्ट्रिक एसयूभी ईभी–३ को कन्सेप्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...