बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले सेरेस समूहसँग मिलेर कार लन्च गर्ने योजनालाई अस्विकार गरेको छ । बाइटडान्स र सेरेस मिलेर टिकटक कार लन्च गर्ने समाचार बाहिर आएपछि बाइटडान्सले विज्ञप्तिमार्फत नयाँ कार लन्च गर्ने योजना नरहेको बताएको हो ।
सेरेसको सहायक कम्पनी चोङकिङ ल्यान्डियन टेक्नोलोजीको पुनर्संरचना पछि नयाँ कार लन्चको हल्ला फैलिएको थियो । जसले नयाँ ब्रान्ड ‘साइदो टेक्नोलोजी’ मार्फत टिकटक कार लन्च गर्ने समचार बाहिर आएको थियो ।
टिकटक कार लन्च नभएपनि सेरेस समुह अन्तर्गतको सो नयाँ ब्रान्डमा सीएटीएलसहित केही इन्भेष्टमेन्ट कम्पनीबाट ६.६७ अर्व युआन लगानी भने जुटेको छ । जसले, सेरेस समुहको बिग्रदो वित्तिय अवस्थामा सुधार ल्याउने अनुमान गरिएको छ ।
सेरेसको सहायक कम्पनीले जुन ९ मा नयाँ कार ब्रान्ड सुरु गर्ने तयारी गरिरहेको सैदौको घोषणाले यी हल्लाहरूलाई तीव्र बनाएको थियो । यद्यपी, सैदौ र सेरेसले नयाँ ब्रान्डमार्फत ‘एआई–परिभाषित सवारी साधनहरूको असीम सम्भावनाहरू अन्वेषण गर्नेछ’ भनी बताएका छन्, जसले यसको सवारी साधनहरूमा एआई प्रविधिको महत्त्वपूर्ण एकीकरणलाई संकेत गर्दछ ।
बाइटडान्सको अस्वीकारसँगै, अब सैदौको नयाँ कारमा भोल्कानो इन्जिन र डोलाको एआई तथा स्मार्ट ककपिट क्षमताहरू मात्र समावेश हुने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...