भारतमा सबैभन्दा धेरै बिक्री हुने १० मोटरसाइकल, हिरो स्प्लेन्डर पहिलो बन्दा अन्यको अवस्था के ?
आर्थिक वर्ष २०२६ को भारतको मोटरसाइकल बजारको बिक्री तथ्याङ्क सार्वजनिक...
औडीले आफ्नो नयाँ हाई परफर्मेन्स हाइब्रिड हाइपरकार औडी नुभोलारी प्रस्तुत गरेको छ। आक्रामक फ्रन्ट डिजाइनका कारण यसलाई एङ्ग्री कार नाम दिइएको छ । सो मोडलले औडीको चर्चित सुपरकार आर८ लाई प्रतिस्थापन गर्नेछ। सन् २०२७ को सुरुवातदेखि उत्पादन सुरु गरिने सो हाइपरकार केवल ४९९ युनिट मात्र निर्माण गरिनेछ ।
औडीले सो कारको नाम प्रसिद्ध रेसिङ चालक ताजियो नुभोलारीको सम्मानमा राखेको हो। नुभोलारी औडीको मूल कम्पनी अटो युनियनका लागि रेसिङ गर्ने चर्चित चालक थिए।
औडी नुभोलारीमा ४.० लिटर क्षमताको ट्विन-टर्बो भी–८ इन्जिन जडान गरिएको छ, जसलाई ३ वटा इलेक्ट्रिक मोटरको साथमा जोडिएको छ । सो इन्जिनले कुल ९८७ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा इन्जिनले मात्र ७८९ बीएचपी पावर र ७२९ एनएमको टर्क उत्पादन गर्ने क्षमता राख्छ भने इलेक्ट्रिक मोटरले थप १४८ बीएचपी पावर प्रदान गर्छ।
कारमा ७.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ । नयाँ सफ्टवेयर, टर्क म्यानेजमेन्ट र ठुलो ब्याट्रीका कारण सो कारले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल २.६ सेकेन्डमा हासिल गर्न सक्छ। त्यस्तै, २०० किलोमिटर प्रतिघण्टाको गति लिन ६.८ सेकेन्ड मात्र लाग्ने कम्पनी दाबी छ। यसको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ।
कम्पनीले सो हाइपरकारमा नयाँ क्वाट्रो प्रेडिक्टिभ राइड नामक अल ह्विल ड्राइभ प्रविधि प्रयोग गरेको छ। सो सिस्टमका सेन्सरले गाडीको गति, मोड र सडकमा टायरको ग्रिपलाईज विश्लेषण गरी चारै पाङ्ग्रामा अटोमेटिक रूपमा पावर सप्लाई गर्छ । यसमा ई–हाइब्रिड, ब्यालेन्स्ड, डाइनामिक, डाइनामिक प्लस र ट्र्याक गरी ५ वटा ड्राइभिङ मोड रहेको छ ।
सो कारको अर्को विशेषता भनेको ब्रेक लगाउँदा यसको ब्याट्री अटोमेटिक चार्ज हुनु हो । चालकले ब्रेक लगाउँदा अगाडिका इलेक्ट्रिक मोटरले इनर्जी रिस्टोर गरी पुनः ब्याट्री चार्ज गर्छ। यसमा २१ इन्चको अलोय ह्विल र ब्रिजस्टोन पोटेन्जा टायर जडान गरिएको छ। साथै उच्च गतिमा पनि प्रभावकारी ब्रेकिङका लागि कार्बन सिरेमिक डिस्क ब्रेक प्रयोग गरिएको छ।
औडी नुभोलारी स्पेसफ्रेम च्यासिसमा आधारित छ र यसको बाहिरी संरचनामा कार्बन फाइबरको प्रयोग गरिएको छ। कारको डिजाइन फर्मुला १ रेसिङ कारबाट प्रेरित रहेको छ, जसमा ठुलो स्पोइलर र विशाल हावा प्रवेश गर्ने ग्रिल समावेश छ।
आर्थिक वर्ष २०२६ को भारतको मोटरसाइकल बजारको बिक्री तथ्याङ्क सार्वजनिक...
काठमाडौं – नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन...
विश्व चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले नेपाली बजारमा आफ्नो सेवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...