लन्च हुनुअघि नै सार्वजनिक भयो महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को...
यो वर्षको बैशाख महिनामा नेपालमा १ हजार ४३४ विद्युतीय गाडी अर्थात ईभी भित्रिएका छन् । भन्सार विभागले केही दिन पहिले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा यो परिमाणमा नेपालमा ईभी भित्रिएका हुन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म नेपालमा ८ हजार ६०५ ईभी भित्रिएको तथ्यांक छ ।
जेठ महिना समाप्ति पश्चात भन्सार विभागको आधिकारिक तथ्यांक आउने नै छ । तर पनि यो वर्षको जेठ महिनामा नेपालको उत्तरी नाकाबाट भित्रिएका गाडीको चर्चा अहिले निकै नै भइरहेको छ । सरकारी निकायले गाडी आयात वारेमा अनुसन्धान गर्नका लागि आवश्यक कार्य गरिरहेको समाचार समेत सार्वजनिक भइरहेका छन् ।
यो वर्षको पुसमा १ हजार २७३ र असोजमा २ हजार ६२० युनिट ईभी नेपाल भित्रिएका थिए । सामान्यतः जेठ र बैशाखका साथै चाडपर्वको समयमा समेत नेपालमा ईभीका साथै अन्य सवारी साधन धेरै भित्रिने गरेको पाइन्छ ।
यद्यपि नेपालमा ईभीको लहर चल्न थाले देखिको इतिहास हेर्ने हो भने प्रत्येक वर्षको बैशाख र जेठ महिनामै नेपालमा धेरै ईभी भित्रिएको पाइन्छ । ईभीमा पहिले सरकारको अस्थिर नीति रहेको र सामान्यतः बजेट पश्चात कर बढ्ने हल्लासँगै व्यवसायीहरुले धेरै ईभी भित्र्याउने गरेका थिए । त्यसैगरी पहिले देखि नै बुकिङ भएका गाडी बजेट अगाडि नै ल्याएर ग्राहकलाई उपलब्ध गराउने लक्ष्य अनुसार पनि धेरै ईभी भित्रिएको पाइन्छ ।
गत वर्ष अर्थात २०८२ जेठमा मात्र ३ हजार ६३३ ईभी भित्रिएका थिए भने बैशाखमा १ हजार ८९२ ईभी आयात भएका थिए । त्यसैगरी असारमा भने यो संख्या ७७ युनिटमा सीमित भएको थियो ।
गत आर्थिक वर्ष अर्थात २०८१ चैतमा ८७८ युनिट, फागुनमा ८३३ युनिट, माघमा ७७६ युनिट, पुसमा ७८३ युनिट, मंसिरमा २१० युनिट, कात्तिकमा ९६९ युनिट, असोजमा ९१६ युनिट, भदौमा २१ युनिट र साउनमा ३८१ युनिट ईभी नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ ।
यो भन्दा अघिल्लो आर्थिक वर्षको समय अर्थात २०८१ जेठमा मात्र करिव ३ हजार हाराहारी अर्थात २ हजार ९६५ ईभी नेपाल भित्रिएका थिए । यस अनुसार उक्त आर्थिक वर्षमा नेपाल भित्रिएका ईभीमध्ये जेठ महिनामा मात्र २६ प्रतिशत ईभी भित्रिएका थिए । त्यसैगरी सोही वर्षको बैशाख महिनामा १ हजार ४०४ ईभी नेपाल भित्रिएका थिए । उक्त आर्थिक वर्षको चैत अर्थात २०८० चैतमा ६५८, फागुनमा २७६, माघमा १ हजार ५२, पुसमा १ हजार ४२१, मंसिरमा ८९९, कात्तिकमा ६५२, असोजमा १ हजार २३७ र साउनमा ११० युनिट ईभी नेपाल भित्रिएका थिए ।
यसरी आयात भएका ईभी मध्ये ७० प्रतिशत हाराहारी चीनबाट भित्रिएका थिए भने बाँकी भारत र अन्य देशबाट । अहिले पनि ट्रेन्ड यही नै छ ।
आर्थिक वर्ष २०८०।८१ मा रेकर्ड ब्रेक ईभी आयात भएको थियो । उक्त आर्थिक वर्षमा नेपालमा ११ हजार ७०१ ईभी भित्रिएका थिए । त्यसपछि असारमा एकैपटक यो संख्या २३५ मा झरेको थियो । यो वर्ष पहिले भन्दा अन्तःशुल्क र भन्सार दर बढेकाले एकैपटक पछि ईभी आयातको सख्या घट्न पुगेको थियो ।
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को...
चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक...
भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...