उबरद्वारा नेपालमा आफ्नो सेवा सुरु भएको घोषणा

काठमाडौँ–अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ ।

यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ ।

कम्पनीका अनुसार, नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा उपलब्ध हुनेछ । यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ ।

उबरका एसिया प्यासिफिक राइड्सका रिजनल जनरल म्यानेजर डमिनिक टेलरले नेपालको जीवन्त बजार र बढ्दो डिजिटल प्रयोगले आफूहरू उत्साहित भएको बताए । उनले भने, "नेपाल हाम्रो लागि एक महत्त्वपूर्ण गन्तव्य हो । हामी यहाँको यातायातको आवश्यकतालाई सम्बोधन गर्दै नेपालको समृद्धिको कथाको हिस्सा बन्न चाहन्छौँ ।"

उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ । नेपालको मोबिलिटी प्रणाली पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकसित भएको छ । स्मार्टफोनको बढ्दो प्रयोग, उपभोक्ताहरूको बदलिँदो अपेक्षा, पर्यटन क्षेत्रको विस्तार तथा सहज शहरी यातायातको मागका कारण यो परिवर्तन सम्भव भएको हो । उबरको नेपाल प्रवेशले स्थानीय आवश्यकताअनुसार अनुकूलित, विश्वव्यापी रूपमा विश्वास गरिएको प्लेटफर्ममार्फत यात्राका थप विकल्पहरू उपलब्ध गराउने अवसरलाई प्रतिबिम्बित गर्दछ ।

सम्बन्धित समाचारहरू

इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं – ४८ देशहरूमा सञ्चालन भैरहेको ग्लोबल मोबिलिटी र डेलिभरी...

चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

जाडोको मौसम मोटरसाइकल चालकका लागि चुनौतीको समय हो । तापक्रम घट्दै जाँदा...

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना

काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...