लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वल गर्ने तयारीमा हुन्डाई मोटर्स
हुन्डाई मोटर्सले आफ्नो लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वले गर्ने...
हुण्डाईले नेक्स्ट–जेन आई२० को पहिलो टिजर इमेज सार्बजनिक गरेको छ । अर्को महिना ग्लोवल डेब्यू गर्ने तयारीमा रहेको यस कारको त्यसअघि नै टिजर सार्बजनिक गरिएको हो ।
चौथो पुस्तासम्म आइपुग्दा हुन्डाईको लोकप्रिय प्रिमियम ह्याचब्याक पुरै नयाँ डिजाइन र प्रिमियम फिचरले सुसज्जित भएर आउने अनुमान गरिएको छ । जारी टिजरमा देखाइए अनुसार, यसको डिजाइन नै सबैभन्दा ठुलो सरप्राइज बन्ने देखिन्छ । कारमा एरोहेड आकारको एलईडी हेडल्याम्प र वाई आकारको एलईडी डीआरएललाई एलईडी लाइट बारद्वारा जोडिएको छ ।
नयाँ आई २० मा घुमाउरो डिस्प्लेयुक्त डुअल स्क्रिनका साथ परै नयाँ इन्टेरियर रिप्लेट हुने अपेक्षा गरिएको छ । कारमा ३६०–डिग्री क्यामेरा र एडास फिचर समेत उपलब्ध हनसक्ने अनुमान गरिएको छ ।
पेट्रोल र माइल्ड हाइब्रिड पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुने अपेक्षा गरिएको यस कारलाई हुन्डाईले निकट भविष्यमा ईभी भर्सनमा समेत उतार्ने योजना बनाएको छ ।
अन्तराष्ट्रिय बजारमा औपचारिक लन्च भएपछि नयाँ आई२० भारतिय बजारमा समेत उपलब्ध हुने र लगत्तै नेपाल समेत भित्रिने अनुमान गर्न सकिन्छ । भारतिय सडकमा यसअघि नै यसको रोड टेष्ट भइसकेको छ । भारतमा यो १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।
हुन्डाई मोटर्सले आफ्नो लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वले गर्ने...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी...
दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले भारतको तमिलनाडु राज्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...