महानगर यातायातको सेवा विस्तार, काठमाडौंमा अब थप १६ नयाँ विद्युतीय बस सञ्चालनमा

काठमाडौं – महानगर यातायात प्रालिले थप १६ नयाँ विद्युतीय बसहरुमार्फत काठमाडौंको चक्रपथमा सेवा विस्तार गरेको छ । ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको छ । उक्त वसहरुमा एकै पटक ७० हाराहारी यात्रुले सहजै यात्रा गर्न सक्नेछन् ।

शशिला मोटर्स प्रालिले चिनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्छ । उक्त वसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रहेको छ । अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्रु सुरक्षाका हरेक प्रबन्ध मिलाइएको छ ।

नयाँ बसहरुको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए । सुरुवाती लगानी ठूलो भए पनि व्यावसायिक दृष्टिकोंणले विद्युतीय वसहरु उपयुक्त भएको उनको भनाइ छ । सचिव नेपालले व्यवसायीका लागि आय आर्जनका हिसावमा राम्रो देखिएको भन्दै अन्य यातायात व्यवसायीलाई समेत विद्युतीय वस संचालनमा जान सुझाव दिएका छन् । सरकारले पछिल्लो समय ५० युनिट भन्दा वढी विद्युत खपतमा लगाएको कर विद्युतीय सवारी साधन संचालकका लागि छुट दिन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

महानगर यातायात प्रालिका संचालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बसको सफल संचालनपछि पुनः वसहरु थपिएको जानकारी दिएका छन् । विद्युतीय बसहरु संचालन खर्च र प्राविधिक सरलताका कारण झन्झट विना चल्ने भएकाले डिजेल वसभन्दा झण्डै चार गुणा आम्दानी गरिरहेको पनि उनले जानकारी दिए । शशिला मोटर्सबाट उपलब्ध हुने विक्रीपछिको सेवा गुणस्तरीय, प्रभावकारी र चुस्त भएकाले शशिलासँग सहकार्य गर्दा आफूहरु खुसी रहेको उनले बताए ।

महानगर यातायात प्रालिलाई बसको चावी हस्तान्तरण गर्दै शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले अवको आवश्यकता ठूला आकारका विद्युतीय बसहरुको प्रवद्र्धन नै भएको बताए । खतिवडाले यी बसहरु ब्यवसायी र यात्रुको लागि मात्रै नभएर देशकै आवश्यकता भएको पनि बताएका छन् ।

शशिला मोटर्स विश्वका उत्कृष्ट ब्रान्डका सबै खाले व्यावसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यका साथ नेपालको कमर्सियल ईभी क्रान्तिको नेतृत्व गर्दै अघि वढिरहेको उनको भनाइ छ । गाडी विक्री गर्ने मात्रै नभएर आफ्टर सेल्स इकोसिस्टमलाई प्राथमिकतामा राखेर शशिला मोटर्स अघि वढिरहेको उनले प्रष्ट पारे ।

काठमाडौं उपत्यका र बाहिर समेत १ सय ४० बढी गाडी मार्फत सेवा दिइरहेको महानगर यातायात प्रालिले २८ वटा सिटी बस र २४ वटा माइक्रो बस गरी ५२ वटा विद्युतीय सवारी संचालन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम...

स्पेसदेखि ३६० डिग्री क्यामेरासम्म : यसरी बदल्दै छ नामी ०१ ले ‘माेडर्न ह्याचब्याक’ को परिभाषा

स्पेसदेखि ३६० डिग्री क्यामेरासम्म : यसरी बदल्दै छ नामी ०१ ले ‘माेडर्न ह्याचब्याक’ को परिभाषा

नेपालमा ‘ग्रेट ह्याचब्याक’ को अर्थ अहिले तीव्र गतिमा परिवर्तन भइरहेको छ ।...

नेपाली बजारमा थपियो उत्कृष्ट रेन्जको अर्को इलेक्ट्रिक भ्यान

नेपाली बजारमा थपियो उत्कृष्ट रेन्जको अर्को इलेक्ट्रिक भ्यान

काठमाडौं नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक भ्यान अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...