सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी, अनलाइनमै कर सेवा
काठमाडौं – बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने...
काठमाडौं – पर्यटन यातायात क्षेत्रमा महिलाको सहभागिता बढाउने तथा उनीहरूलाई सीपयुक्त र रोजगारीमुखी बनाउने उद्देश्यले महिला लक्षित हलुका सवारी चालक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) ले दिगो पर्यटन परियोजना (एसटीपी) सँगको सहकार्यमा एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रमअन्तर्गत ३० जना महिलालाई छनोट गरी सैद्धान्तिक तथा व्यवहारिक दुवै प्रकारका कक्षा सञ्चालन गरिनेछ।
संघका अनुसार तालिम पूरा गरेका सहभागीलाई पर्यटन यातायात क्षेत्रमा कार्यरत कम्पनीहरूसँग रोजगारीका अवसरका लागि जोड्ने प्रयास गरिनेछ। प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिने बताइएको छ।
तालिममा सहभागी हुन कम्तीमा एसईई वा सो सरह परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदनका साथ शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकता, प्यान कार्डको प्रतिलिपि तथा चार प्रति पासपोर्ट साइजको फोटो बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आवेदन दर्ताका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। इच्छुक महिलाले २०८३ जेठ २९ गतेभित्र आवेदन दिन सक्नेछन्।
उम्मेदवार छनोटका लागि अन्तर्वार्ता जेठ ३१ गते बिहान ११ बजे लाजिम्पाटस्थित एनभीटीए सचिवालयमा सञ्चालन हुनेछ। छनोट भएका उम्मेदवारको नामावली असार १ गते सार्वजनिक गरिने र तालिम असार २ गतेदेखि सुरु हुने जनाइएको छ।
संघले अनुभवी प्रशिक्षकमार्फत तालिम सञ्चालन गरिने जानकारी दिँदै आवेदन शुल्कबाहेक अन्य कुनै अतिरिक्त शुल्क नलाग्ने स्पष्ट पारेको छ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...