पेट्रोलियम आयात करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र...
सवारी साधनको संख्या बढेसँगै वायु प्रदूषणको समस्या पनि गम्भीर बन्दै जान्छ । यस्ता चुनौतीहरूको समाधान खोज्ने क्रममा अहिले फ्लेक्स फ्युल प्रविधिको चर्चा चल्न थालेको छ। अटोमोबाइल कम्पनीले यस प्रविधिलाई विकास गरिरहेका छन् भने निकट भविष्यमा फ्लेक्स फ्युलबाट चल्ने सवारीसाधनहरू बजारमा व्यापक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
फ्लेक्स फ्युल पेट्रोल र इथानोलको मिश्रणबाट तयार हुने इन्धन हो। इथानोल मुख्यतः उखुको रस तथा अन्य कृषि उत्पादनबाट उत्पादन गरिन्छ। यही कारणले यसलाई वातावरणमैत्री तथा वैकल्पिक इन्धनका रूपमा हेरिएको छ। फ्लेक्स फ्युल प्रविधियुक्त सवारीसाधनहरूले पेट्रोलमा इथानोलको विभिन्न अनुपात प्रयोग गर्न सक्छन्। हाल भारतमा बिक्री हुने पेट्रोलमा २० प्रतिशतसम्म इथानोल मिसाइने गरिएको छ भने भविष्यमा यसको मात्रा ८५ देखि १०० प्रतिशतसम्म पुर्याउने लक्ष्य राखिएको छ।
फ्लेक्स फ्युलको सबैभन्दा ठूलो फाइदा वातावरणीय पक्षसँग जोडिएको छ। पेट्रोलको तुलनामा इथानोलको प्रयोगले कार्बन उत्सर्जन घटाउन मद्दत गर्ने भएकाले सवारीसाधनबाट हुने प्रदूषण कम हुन सक्छ। यस प्रविधिले कृषि क्षेत्रलाई पनि प्रत्यक्ष लाभ पुर्याउन सक्छ। इथानोल उत्पादनका लागि उखु लगायतका कृषि उत्पादनको माग बढ्ने भएकाले किसानहरूको आम्दानी वृद्धि हुने सम्भावना छ। अर्कोतर्फ, फ्लेक्स फ्युलको उत्पादन र प्रयोग व्यापक बन्दै जाँदा यसको लागत घट्न सक्छ ।
हिरो मोटोकर्पले जुन ३ मा फ्लेक्स फ्युल प्रविधियुक्त नयाँ सवारीसाधन पेश गर्ने तयारी गरेको छ भने मारुती सुजुकीले पनि जुन ४ मा यस्तै प्रविधिसहितका नयाँ मोडलहरू बजारमा ल्याउने घोषणा गरेको छ।
यद्यपि फ्लेक्स फ्युलका केही चुनौतीहरू पनि छन्। इथानोलको ऊर्जा घनत्व पेट्रोलको तुलनामा कम हुने भएकाले यस्ता सवारीसाधनको माइलेज १५ देखि २० प्रतिशतसम्म घट्न सक्ने अनुमान छ । साथै इथानोलको उच्च मात्रा प्रयोग गर्दा पाइप, रबर सिल र फ्युल सिस्टमका केही भागहरू सामान्य पेट्रोलको तुलनामा छिटो घिसिन सक्ने सम्भावना पनि रहन्छ।
काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र...
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा लगभग...
काठमाडौँ–खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...