घटेर आएपनि इन्धनको मूल्य यथावत राख्ने आयल निगमको निर्णय

काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

नयाँ खरिद मूल्य अनुसार पेट्रोल, डिजेल र ग्यासको मूल्य यथावत हुँदा पनि निगमलाई पाक्षिक (१५ दिन) मा करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

हाल काठमाडौं पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर २२५ रुपैयाँ रहेको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१६० रुपैयाँ नै कायम रहनेछ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २६९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

नेपाल आयल निगमको नयाँ मूल्य सुची अनुसार पेट्रोल र डिजेलमा ३ रुपैयाँका दरले...

अब भारतबाट पाइपलाइनमै पेट्रोल र मट्टितेल ल्याइने

अब भारतबाट पाइपलाइनमै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौं – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि...

के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

के हो ई१० र ई२० ? सवारी साधनका लागि किन फाइदाजनक छ ?

ई१० र ई२० इथानोलको मिश्रित इन्धन हो । जसलाई परम्परागत पेट्रोल र इथानोलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...