बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– सीएफमोटो नेपालले बहुप्रतीक्षित ‘सीएफमोटो एक्सचेन्ज एड्भेन्चर २०८३’ कार्यक्रमको औपचारिक घोषणा गरेको छ । एक्सचेन्ज कार्यक्रम आजदेखी सुरु भएको र १७ गतेसम्म नक्सालस्थित शोरुममा संचालन हुने जनाइएको छ ।
‘राइड विगर, राइड बोल्डर’ भन्ने मुख्य नारासहित आयोजना भइरहेको यस कार्यक्रमले आफ्ना पुराना मोटरसाइकल साटेर नयाँ एड्भेन्चर यात्रा सुरु गर्न चाहने ग्राहकहरूलाई लक्षित गरेको छ । विशेषगरी नयाँ सीएफमोटो २५० डुअलसहित अन्य प्रिमियम सीएफमोटो मोडलहरू कार्यक्रममा मुख्य आकर्षणका रूपमा रहनेछन् ।
यस अभियानमार्फत ग्राहकहरूले आकर्षक एक्सचेन्ज सुविधा, विशेष अफर, टेस्ट राइड अनुभव तथा राइडिङ कम्युनिटीसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन् । जसअन्तर्गत ५ हजार नगद छुट, ७ हजारसम्म अतिरिक्त एक्सचेन्ज वोनस, प्रतिस्पर्धात्मक तथा पारदर्शी बाइक मूल्याङ्कन, सहज तथा झन्झटरहित फाइनान्स सुविधा, सरल किस्तावन्दि योजना र प्रत्येक खरिदमा निःशुल्क हेलमेट तथा सिएफमोटो गुडिज सामेल छन् ।
उक्त कार्यक्रमको अवसरमा कम्पनीले नयाँ वर्ष २०८३ स्किमका विजेताको नाम समेत घोषणा गर्ने जनाएको छ । जसअन्तर्गत एक जना भाग्यशाली विजेताले १ लाख नगद क्यासब्याक प्राप्त गर्नेछन् ।
कार्यक्रममा सहभागी ग्राहक तथा राइडरहरूले १५ मिनेटको टेस्ट राइड अनुभव, लोकप्रिय राइडरहरू तथा राइडिङ कम्युनिटीसँग भेटघाट र अन्तरक्रिया सेसन जस्ता विभिन्न गतिबिधीमा सहभागिता जनाउने अवसर समेत प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार कार्यक्रम नेपालको बढ्दो एड्भेन्चर राइडिङ संस्कृतिलाई अझ सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको हो । साथै ग्राहकलाई सजिलो, आकर्षक र लाभदायी अपग्रेड अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...