भारतमा हालै सार्बजनिक भएका यी ४ कार, माग बढी भएका कारण नेपाल आउन ढिलाई हुने
भारतीय बजारमा हालै सार्बजनिक भएका ४ भिन्न ब्रान्डका बहुप्रतिक्षत कारहरु...
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो फ्ल्यागशिप एसयूभी म्याजेस्टरको औपचारिक लन्च गरेको छ । कम्पनीले यसको सुरुवाती मुल्य ४० लाख ९९ हजार भारु निर्धारण गरेको छ ।
एमजी म्याजेस्टरमा २.० लिटर, ट्विन टर्बो डिजेल इन्जिन जडान गरिएको छ, जसले २१३ बीएचपी र ४७८ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ८ स्पीड अटोमेटिक ट्रान्समिसन र लकिङ डिफरेंशियल सहितको फोर वाई फोर सिस्टमसँग जोडिएको छ ।
६ र ७ सिट लेआउटमा उपलब्ध यस एसयूभीमा १२.३–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, मसाज फंक्सन सहितको भेन्टिलेटेड फ्रन्ट सिट, १२ वे पावर ड्राइभर सिट, जेस्चर कन्ट्रोल सहितको पावर टेलगेट र दुई वटा वायरलेस स्मार्टफोन चार्जर लगायत विशेषता उपलब्ध गराइएको छ । यसमा लेभल २ एडास, ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग र १० वटा अफरोड मोड समावेश छन् ।
जेएसडब्लू एमजी मोटर इण्डियाले म्याजेस्टरमा ५ वर्षको असीमित किलोमिटर वारेन्टी, ५ वर्षको रोडसाइड सहायता र ५ वटा लेवर फ्री सर्भिस प्रदान गर्ने जनाएको छ ।
एमजी म्याजेस्टर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको एसयूभी हो । नेपाली बजारमा यसको मूल्य २ करोड हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
भारतीय बजारमा हालै सार्बजनिक भएका ४ भिन्न ब्रान्डका बहुप्रतिक्षत कारहरु...
भारतको अग्रणी स्टिल उत्पादक जेएसडब्ल्यु समूहले अब इलेक्ट्रिक सवारी...
एमजी मोटर्सले इलेक्ट्रिक कार सेग्मेन्टमा पाएको सफलता पछि अब कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...