ठूलो बडी र रियर ह्विल ड्राइभ प्लेटफर्ममा आउँदै एट्टो ३
काठमाडौं–बीवाईडीको चर्चित एसयूभी एट्टो ३ ठूलो बडी र रियर ह्विल ड्राइभ...
बीवाईडीले आफ्नो लोकप्रिय ह्याचब्याक ईभी डल्फिनलाई हाइब्रिड पावरट्रेनमा समेत उतार्ने भएको छ । कम्पनीले युरोपेली बजारलाई लक्षित गरी डल्फिन जी डीएम–आई ल्याउने तयारी गरेको हो ।
डल्फिन हाइब्रिडको मूल्य आगामी जुनमा सार्बजनिक गरिने र डेलिभरी यसै वर्षको अन्त्यदेखी सुरु हुने जनाइएको छ । यस नयाँ कारले पेट्रोल र इलेक्ट्रिक गरी १ हजार किलोमिटर संयुक्त रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
कारमा पातलो हेडलाईट, एक्टिभ एयर इन्टेक र अगाडिको बम्परमा दुई वटा एयरफ्लो सहितको एक युनिक डिजाइन ल्यांग्वेज दिइएको छ । यस ह्याचब्याकका अन्य सुविधाहरूमा कालो रिम, आधा लुकेका डोर ह्यान्डल र गाढा डी पिलरहरू समावेश छन् । कारको अगाडि र पछाडि दुबै भागमा पार्किङ सेन्सर तठा सराउन्ड भ्यु क्यामेरा राखिएको छ ।
आकर्षक ओरेन्ज कलरमा उपलब्ध यस कारको लम्बाइ ४,१६० मिमी, चौडाइ १,८२५ मिमी छ । जुन ईभीको युरोपेली संस्करण भन्दा १३० मिमी छोटो र ५५ मिमी चौडा हो । इन्टेरियरमा ब्ल्याक फिनिसिङ दिइएको छ भने ड्यासबोर्डमा फ्लोटिंग टचस्क्रिन पाउन सकिन्छ ।
बीवाईडीले यर कारको पावरट्रेनका बारेमा कुनै जानकारी बाहिर ल्याएको छैन । डल्फिन जी डीएम–आईको बारेमा थप जानकारी जुन २०२६ मा हुने लन्च समारोहमा खुलासा गरिने कम्पनी भनाई छ ।
काठमाडौं–बीवाईडीको चर्चित एसयूभी एट्टो ३ ठूलो बडी र रियर ह्विल ड्राइभ...
युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...