३६० डिग्री क्यामेरा र प्याडल सिफ्टरसहित आज नयाँ टाटा टियागो फेसलिफ्ट लन्च हुँदै

टाटा मोटर्सको लोकप्रिय ह्याचब्याक गाडी टियागोको फेसलिफ्ट संस्करण आज लन्च गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ २०२६ टाटा टियागो फेसलिफ्टको पेट्रोल, आई-सीएनजी र इलेक्ट्रिक संस्करणको मूल्य घोषणा गर्ने भएको हो।

नयाँ मोडल अहिलेको संस्करणभन्दा धेरै आकर्षक र एड्भान्स फिचरले भरिपूर्ण देखिएको छ। सो नयाँ ह्याचब्याकले बजारमा रहेका मारुती सुजुकी र हुन्डाईका लोकप्रिय मोडलहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

डिजाइनका हिसाबले नयाँ टाटा टियागो फेसलिफ्ट पहिलेभन्दा धेरै शार्प र आधुनिक देखिन्छ। फ्रन्टमा नयाँ एलईडी हेडल्याम्प, आकर्षक एलईडी डे-टाइम रनिङ लाइट र परिमार्जित बम्परले यसलाई अझ प्रिमियम बनाएको छ। रियरमा कनेक्टेड स्टाइल एलईडी टेलल्याम्प र नयाँ बम्पर डिजाइन समावेश गरिएको छ।

नयाँ टियागो फेसलिफ्टको ड्यासबोर्ड पूर्ण रूपमा पुनः डिजाइन गरिएको छ । कारमा १०.२५ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र नयाँ फ्रि-स्ट्यान्डिङ डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध हुनेछ। सेन्टर कन्सोलमा एएमटी भेरिएन्टमा परम्परागत गियर लिभरको सट्टा रोटरी ड्राइभ सेलेक्टर दिइएको छ।

टाटा मोटर्सले टियागोमा सेगमेन्टमै पहिलो पटक पाइने धेरै आधुनिक फिचर समावेश गरेको छ। कारमा ३६० डिग्री क्यामेरा, प्याडल सिफ्टर, ड्युअल वायरलेस चार्जिङ प्याड, पछाडिका यात्रुका लागि एसी भेन्ट, यूएसबी टाइप सी चार्जिङ पोर्ट र फिजिकल एसी कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछ ।

नयाँ टियागो फेसलिफ्टमा इन्जिन भने पुरानै १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिन रहनेछ, जसले ८६ पीएस पावर र ११३ एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिन ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ। आई-सीएनजी भेरिएन्टले ७५ पीएस पावर र ९६.५ एनएम टर्क उत्पादन गर्नेछ।

सम्बन्धित समाचारहरू

यस्तो छ सिप्रदीले नेपाल ल्याएको मिनी ईभी ट्रक टाटा ‘एस’

यस्तो छ सिप्रदीले नेपाल ल्याएको मिनी ईभी ट्रक टाटा ‘एस’

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

बिक्रीमा उछिन्यो टाटा नेक्सनले ब्रेजालाई

बिक्रीमा उछिन्यो टाटा नेक्सनले ब्रेजालाई

भारतीय बजारमा सब ४ मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा  मारुती सुजुकी...

टाटा मोटर्सद्वारा एडास सुविधासहित नयाँ पुस्ताका १७ ट्रक सार्वजनिक

टाटा मोटर्सद्वारा एडास सुविधासहित नयाँ पुस्ताका १७ ट्रक सार्वजनिक

टाटा मोटर्सले भारतमा ७ टनदेखि ५५ टन क्षमतासम्मका १७ नयाँ पुस्ताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...