नेपालमा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षामा कुनै सम्झौता गर्न नचाहनेका लागि बनेको एस०५ प्लस

काठमाडौं – नेपालका लागि दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु गरेको छ । एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयूभीका रुपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ जसले विवेकशिल खरिदकर्तालाई आकर्षित गर्ने कम्पनीको भनाइ छ ।

नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ रहेको छ जसले यसलाई सेग्मेन्टमै सबैभन्दा पर्फर्मेन्सकेन्द्रित ईभी बनाएको छ । यसमा ९९ किलोवाटको मोटर छ जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । साथै यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिङसम्म सपोर्ट गर्छ जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ जुन यो सेग्मेन्टकै सबैभन्दा छिटो हो । साथै यसले ६ किलोवाटको भेइकल टु लोड (भिटुएल) सपोर्ट गर्छ जसका माध्यमबाट गाडीबाटै बाह्य उपकरणहरुलाई विद्युत आपुर्ति प्रदान गर्छ ।

विश्वको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ को विजेता एस०५ प्लसमा रहेको लाइन र सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्यान्डलले यसको रोड प्रेजेन्सलाई बेजोड बनाइदिन्छ । साथै १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बियन्ट लाइटिङले यसको इन्टेरियरलाई प्रिमियम बनाउँछ ।

१५९ लिटरको फ्रंक र सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको रिमोट इन एन्ड आउट सिस्टम रहेको छ जसले स्मार्ट पार्किङ सम्भव बनाएको छ । साथै यसमा फोरजी र फाइभजी कनेक्टिभिटी रहेको छ जसले चालकलाई हरसमय इन्टरनेटसँग जोडिरहेको हुन्छ ।

२०२६ दिपल एस०५ प्लसले विश्वविख्यात ५ स्टार युरो एनक्याप रेटिङ पाएको छ । यो रेटिङ सुरक्षा विशिष्टिता मात्र होइन एउटा ग्यारेन्टी पनि हो ।

२०२६ दिपल एस०५ प्लस आफ्नो कारबाट पर्फर्मेन्स, डिजाइन, टेक्नालोजी र सेफ्टी सबै खोज्ने ग्राहकहरुका लागि बनेको हो जो कुनै पनि हिसाबमा सम्झौता गर्न चाहँदैनन् । नेपाली बजारमा यो एसयुभी ५३ लाख ९९ हजार रुपैयाँमा बुकिङ र खरिदका लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी प्रवद्र्धनका लागि प्रदेशले ल्याए मेट्रो रेल देखि चार्जिङ स्टेसन सम्मका योजना

विद्युतीय सवारी प्रवद्र्धनका लागि प्रदेशले ल्याए मेट्रो रेल देखि चार्जिङ स्टेसन सम्मका योजना

काठमाडौं – प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट...

यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

काठमाडौं – नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगनको...

रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

रिम्याक नेभेरा इलेक्ट्रिक हाइपरकारको नाममा एकैपटक बन्यो २३ वटा रेकर्ड

क्रोएसियाली कार कम्पनी रिम्याक अटोमोबिलीको इलेक्ट्रिक हाइपरकार नभेराले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...