वर्षायाममा यसरी गरौ ईभी सुरक्षा : सानो सावधानी, ठूलो सुरक्षा
नेपालमा मनसुन सुरु भएसँगै धेरै स्थानमा अचानक भारी वर्षा, सडकमा पानी जम्ने,...
चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम मेटर ब्याट्री विकास गरेका छन् । रिपोर्टका अनुसार सो ब्याट्री अहिले प्रयोग भइरहेका ब्याट्रीको तुलनामा दोब्बरभन्दा बढी दूरी गराउन सक्ने दाबी गरिएको छ । यसलाई हालसम्मकै सबैभन्दा शक्तिशाली र सुरक्षित सोलिड स्टेट ब्यार्टीका रूपमा हेरिएको छ।
हाल उत्पादन भइरहेका अधिकांश सोलिड स्टेट ब्यार्टीमा पीभीडीएफ नामक पोलिमर इलेक्ट्रोलाइट प्रयोग गरिन्छ। तर ती ब्याट्रीमा फास्ट चार्जिङका बेला आन्तरिक रासायनिक संरचना असन्तुलित हुने समस्या देखिने गरेको छ, जसले ब्याट्रीको आयु घटाउने खतरा रहन्छ।
चिनियाँ वैज्ञानिकहरूले भने “कम्प्याटिबिलाइजिङ–सोल्भेन्ट प्लास्टिसाइजेसन” नामक नयाँ प्रविधि विकास गरेका छन्। यस प्रक्रियामा विशेष रसायन प्रयोग गरिन्छ, जुन वाष्पीकरण भएपछि ब्याट्रीभित्र बलियो लिथियम फ्लोराइड तह तयार हुन्छ, जसले आन्तरिक रासायनिक संरचनालाई बिग्रिनबाट जोगाउँछ र ब्याट्रीको आयु बढाउने भूमिका खेल्छ।
रिपोर्टका अनुसार सो ब्याट्रीलाई २० डिग्री सेल्सियसको गतिमा चार्ज गर्न सकिन्छ, जसका कारण यो केवल ३ मिनेटमै फुल चार्ज हुन्छ। यति तीव्र चार्जिङपछि पनि ७०० पटक फुल चार्ज र डिस्चार्ज गर्दा ब्याट्रीको ८१.९ प्रतिशत क्षमता सुरक्षित रहेको पाइएको छ।
यसको इनर्जी डेन्सिटी ४५१.५ वाट आवर प्रति किलोग्राम मापन गरिएको छ। हाल विद्युतीय कारमा प्रयोग हुने एलएफपी ब्याट्रीको क्षमता करिब २०० वाट आवर प्रति किलोग्राम मात्र छ। आकारमा सानो भए पनि यो नयाँ ब्याट्रीले दोब्बरभन्दा बढी ऊर्जा भण्डारण गर्न सक्छ।
परीक्षणका क्रममा ब्याट्रीमा फलामको किला ठोक्दा समेत न विस्फोट भयो, न आगो नै लाग्यो। विश्वभर अहिले ५०० वाट-आवर प्रति किलोग्राम क्षमताका सोलिड स्टेट ब्याट्री विकास गर्ने प्रतिस्पर्धा चलिरहेको छ । सीएटीएल, सनवोडा र फरासिस इनर्जी जस्ता कम्पनीहरूले सन् २०२६ देखि २०२७ बीच ५०० वाट-आवर प्रति किलोग्राम क्षमताका सोलिड स्टेट ब्याट्री बजारमा ल्याउने तयारी गरिरहेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...