हुन्डाई क्रेटाको बिक्री १५ लाख नाघ्यो, अर्को वर्ष नयाँ पुस्ता आउँदै
काठमाडौं–हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको भारतमा कुल बिक्री १५ लाख...
हुन्डाईले आफ्नो लोकप्रिय मिड साइज एसयूभी क्रेटाको तेस्रो पुस्ताको परीक्षण गरिरहेको छ । हाल दोस्रो पुस्ताको फेसलिफ्ट मोडल बिक्री भइरहेको भए पनि कम्पनीले तेस्रो पुस्ताको क्रेटाको विकास गरिरहेको छ।
नयाँ क्रेटा हुन्डाईको एड्भान्स केथ्री प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ। यसले गाडीलाई अझ मजबुत संरचना, राम्रो ह्यान्डलिङ र सुरक्षित ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ। सो मोडल पहिलेभन्दा अझ प्रिमियम देखिने अनुमान गरिएको छ। कम्पनीले यसमा ठुलो १९ इन्चको अलोय ह्विल र फराकिला टायर दिन सक्ने सम्भावना रहेको छ ।
डिजाइनतर्फ हेर्दा नयाँ क्रेटाको फ्रन्ट बक्सी र मस्कुलर देखिनेछ। यसमा माथिल्लो भागमा शार्प एलईडी डीआरएल राखिनेछ भने त्यसको तल नयाँ शैलीका हेडलाइटहरू जडान गरिनेछ । रियरमा होरिजेन्टल शैलीका एलईडी टेललाइट प्रयोग गरिनेछ, जसले एसयूभीलाई आधुनिक र प्रिमियम पहिचान दिनेछ।
यसको इन्टेरियरमा पनि कम्पनीले ठुलो परिवर्तन गर्ने तयारी गरेको छ। कम्पनीले नयाँ क्रेटालाई सफ्टवेयर डिफाइन्ड भेहिकलको रूपमा विकास गरिँदैछ । गाडीमा कम्पनीको नयाँ ‘प्लेओस कनेक्ट’ इन्फोटेनमेन्ट सिस्टम समावेश गर्ने अनुमान गरिएको छ, जसमा ग्लियो एआई असिस्ट समावेश हुनेछ। सो सिस्टममार्फत प्रयोगकर्ताले आफ्नै आवश्यकता अनुसार एपहरू सिधै गाडीमा डाउनलोड गर्न सक्ने सुविधा पाउनेछ ।ड्यासबोर्डमा नयाँ चौडा टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइनेछ ।
नयाँ क्रेटामा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन उपलब्ध हुने अपेक्षा गरिएको छ। हुन्डाईको नयाँ क्रेटा लन्चपछि रेनो डस्टर र टाटा सिएरा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...