नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा चार नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा सेग्वे
काठमाडौं – नेपालका लागि सेग्वे नाइन बोट इलेक्ट्रिक स्कुटरको आधिकारिक...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले केही समय पहिले मोरङको पथरीस्थित जंगलमा रोकिरहेको बीवाईडी एट्टो ३ गाडीमा लागेको आगलागीको भिडियो सम्बन्धमा कम्पनीको धारणा सार्वजनिक गरेको छ । साइमेक्स इंकले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक प्रमाणहरूले वैवाहिक समारोहमा सो गाडी प्रयोग भएको तथा सजावटमा प्रयोग भएका सामग्री र फोहोरजन्य पदार्थ जस्ता ज्वलनशील सामग्रीबाट आगो सल्किएको हुनसक्ने देखिएको बताएको छ । एकदमै उच्च रुपमा सेफ्टी परीक्षण गरिएको बीवाईडी ब्लेड ब्याट्रीले नै ब्याट्रीमा हुने विनाशकारी खराबी र विफलतालाई रोकेको कुरामा समेत कम्पनीले जोड दिएको छ ।
बीवाईडी हेडक्वार्टरका इन्जिनियरहरुका साथ साइमेक्स इंकको इन्जिनियरहरुले यस सम्बन्धी विस्तृत परीक्षण गरेका र बीवाईडी एट्टो ३ को ८-इन-१ इलेक्ट्रिक पावरट्रेनमा कुनै खराबी नरहेको पाइएको कम्पनीले बताएको छ । यसमा रहेको हाई-भोल्टेज ब्लेड ब्याट्री प्याकमा कुनै क्षति नभएको पाइएको र ब्याट्री प्याकभित्र इन्टरनल सर्ट–सर्किट वा थर्मल रनअवे भएको कुनै संकेत नभएको पाइएको कम्पनीको भनाइ छ ।
कम्पनीले भनेको छ – विश्लेषण अनुसार बाहिर लागेको आगोबाट उत्पन्न धुवाँ एचभीएसी भेन्टमार्फत क्याबिनभित्र प्रवेश गरेको हुनसक्छ । जसले आगो ड्यासबोर्डभित्रै लागेको जस्तो देखिएको हो । यो अवस्था अन्य सवारी आगलागीका घटनासँग पनि मेल खान्छ, जहाँ बाहिरको आगो भेन्टिलेसनमार्फत भित्र प्रवेश गर्न सक्छ ।
कम्पनीले विज्ञप्तिमा थप भनेको छ, ‘अनुसन्धानबाट प्राप्त विवरणअनुसार बीवाईडीको ब्लेड ब्याट्री आफैमा आगलागी भएको थिएन । बीवाईडीको एलएफपी ब्लेड ब्याट्रीहरु कडा परीक्षण गरिसकेका हुन्छन् । उदाहरणका लागि लाइभ नेल–पेनेट्रेसन परीक्षण, जसलाई प्रायः ब्याट्रीको माउन्ट एभरेष्ट टेस्ट भनिन्छ, मा एउटा ब्लेड सेलमा किला घुसाउँदा कुनै आगो वा धुवाँ उत्पन्न नभएको पाइएको थियो । सो उच्च अवस्थामा पनि यसको सतही तापक्रम करिव ३० देखि ६० डिग्री सम्म मात्र पुगेको हुन्छ । अन्य परीक्षणहरू (क्रसिङ, बेन्डिङ, ३०० डिग्री तापक्रम र २६० प्रतिशत ओभरचार्ज) मा पनि ब्लेड ब्याट्रीमा कुनै आगलागी वा विस्फोट भएको थिएन । बीवाईडी इन्जिनियरहरूका अनुसार ब्लेड ब्याट्रीको रासायनिक संरचना र डिजाइनले उच्च ताप उत्सर्जनमा पनि समस्या नआउने देखिन्छ । उपलब्ध सबै प्रमाणहरूले आगलागीको घटनापछि पनि उक्त सवारीसाधनको ब्याट्री प्याक सुरक्षित अवस्थामा रहेको र ब्याट्रीमा थर्मल रनअवे नभएको देखाइएको छ । बीवाइडी एट्टो ३ जलिरहेको भिडियोमा पनि ब्याट्रीलाई आगलागीको स्रोतको रूपमा देखिएको छैन ।’
एकदमै उच्च रुपमा सेफ्टी परीक्षण गरिएको बीवाईडी ब्लेड ब्याट्रीले नै ब्याट्रीमा हुने विनाशकारी खराबी र विफलतालाई रोकेको कुरामा विशेष जोड दिदै साइमेक्स इंकले बीवाईडीले समग्रमा ग्राहकको सुरक्षा र पारदर्शितालाई प्राथमिकतामा राख्दै आएको र बीवाईडीको प्रविधिमा पूर्ण विश्वस्त हुँदै आगामी दिनमा पनि नेपाली उपभोक्तालाई भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्दै जाने विश्वास समेत दिलाउन चाहेको छ ।
काठमाडौं – नेपालका लागि सेग्वे नाइन बोट इलेक्ट्रिक स्कुटरको आधिकारिक...
नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...
काठमाडौं – एथर स्कुटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गर्ने भएकाे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...