माइलेजबारे कम्पनीको दाबी अब बदलिने, नयाँ परीक्षण विधिले ल्याउनेछ पारदर्शिता

नयाँ कार खरिद गर्दा अधिकांश ग्राहकले सबैभन्दा पहिले माइलेजको विषयमा चासो दिने गर्छन् । तर कम्पनीले दाबी गर्ने माइलेज र वास्तविक सडकमा प्राप्त हुने माइलेजबीच ठुलो अन्तरले सबैको गुनासो छ। यही समस्यालाई समाधान गर्न भारतमा अब नयाँ वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल्स टेस्ट प्रोसीजर सिस्टम लागू गर्ने तयारी भइरहेको छ । सो सिस्टम लागू भएपछि कार कम्पनीले पारदर्शी रुपमा माइलेज विवरण देखाउनु पर्ने हुन्छ ।

वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल्स टेस्ट प्रोसीजर सिस्टम विश्वका धेरै देशमा प्रयोग हुँदै आएको आधुनिक माइलेज तथा उत्सर्जन परीक्षण विधि हो। यसले पुराना परीक्षण प्रक्रियाजस्तो केवल प्रयोगशालामा सीमित परीक्षणमा भर नपरी वास्तविक सडक अवस्था, ट्राफिक, गति परिवर्तन, ब्रेकिङ सिस्टम तथा विभिन्न ड्राइभिङ परिस्थितिलाई समेत समेटेर परीक्षण गर्छ।

हालसम्म धेरै कम्पनीले परीक्षणको समयमा देखिने माइलेज मात्र सार्वजनिक गर्ने गरेको छ । यसले सम्भवत: वास्तविक जीवनमा शहरको भीडभाड, वातानुकूलित प्रयोग तथा राजमार्ग यात्राका क्रममा ग्राहकले कम्पनीले दाबी गरेको भन्दा निकै कम माइलेज पाउने गरेको छ । नयाँ सिस्टम लागू भएपछि ग्राहकहरूले अझ यथार्थपरक र भरपर्दो जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले कार खरिद गर्नुअघि इन्धन खर्चको सही अनुमान गर्न सहज बनाउनेछ।

सो सिस्टम लागू भएपछि ग्राहकहरूलाई सबैभन्दा ठुलो लाभ हुनेछ। कार खरिद गर्दा उनीहरूले वास्तविक प्रयोगसँग मेल खाने माइलेज विवरण हेर्न पाउनेछन्, जसले दैनिक सञ्चालन खर्च बुझ्न सजिलो बनाउनेछ। साथै विभिन्न कम्पनीका सवारी साधनबीच तुलना गर्न पनि सहज हुनेछ।

यद्यपि यसले अटोमोबाइल कम्पनीलाई ठुलो चुनौती थप्ने देखिएको छ। अब केवल कागजी तथ्याङ्कमार्फत उच्च माइलेज देखाउन कठिन हुनेछ। कम्पनीले इन्जिन दक्षता, हाइब्रिड प्रविधि तथा एयरोडायनामिक्स सुधारमा थप ध्यान दिनुपर्ने अवस्था आउन सक्छ।

यस्तो सिस्टम लागू भएपछि ग्राहकहरू माइलेजबारे अझ सचेत बन्नेछन्। यसले कम्पनीहरूबीच वास्तविक प्रदर्शन प्रस्तुत गर्ने प्रतिस्पर्धा बढाउन सक्छ। भविष्यमा कार खरिद गर्ने निर्णय केवल प्रचारमा आधारित नभई तथ्याङ्क र वास्तविक प्रदर्शनमा आधारित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

गाडीमा हुने ३६० डिग्री क्यामेराले कसरी काम गर्छ ? यो फिचर कति फाइदाजनक छ ?

गाडीमा हुने ३६० डिग्री क्यामेराले कसरी काम गर्छ ? यो फिचर कति फाइदाजनक छ ?

सवारी साधनमा ३६० डिग्री क्यामेरा फिचर हुनु सामान्य भइसकेको छ । केही...

ग्राहकको रोजाइ बन्दै कनेक्टेड टेक्नोलोजी भएका कार

ग्राहकको रोजाइ बन्दै कनेक्टेड टेक्नोलोजी भएका कार

हाल विश्वभर निर्माण भइरहेका सबै एसयूभीमा कार निर्माता कम्पनीहरुले...

‘राइड सेयरिङ’ नियमावली स्थगन नहुने, आयो सर्वोच्चको यस्तो आदेश

‘राइड सेयरिङ’ नियमावली स्थगन नहुने, आयो सर्वोच्चको यस्तो आदेश

कास्की – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...