हुन्डाईले बायोनमा आधारित नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी

दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले आफ्नो विश्वव्यापी मोडल ‘बायोन’ मा आधारित नयाँ क्रसओभर एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरेको छ। सो नयाँ मोडलले मारुती सुजुकीको फ्रोन्क्स, टोयोटा टेसर र किया सिरोससँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

हाल हुन्डाईसँग कम्प्याक्ट सेग्मेन्टमा भेन्यु र मिड-साइज सेग्मेन्टमा क्रेटा उपलब्ध छ । नयाँ बायोनमा आधारित एसयूभीले यी दुई मोडलबीचको मूल्य र आकारको अन्तरलाई पूरा गर्ने बताइएको छ। कियाले सोनेट र सेल्टोसबीच सिरोसलाई स्थान दिएझैँ हुन्डाईले पनि भेन्यु र क्रेटाबीच यसलाई पोजिसन गर्ने देखिएको छ।

हालै परीक्षणको समयमा लिक भएको तस्बिर अनुसार नयाँ एसयूभीको डिजाइन निकै आकर्षक देखिएको छ । अग्लो स्टान्स, बक्सी डिजाइन, बलियो हुड लाइन र रुफरेलले यसलाई दमदार लुक दिएको छ । साथै, हुन्डाईका विश्वव्यापी विद्युतीय कारबाट प्रेरित स्पोर्टी अलोय ह्विलले यसको आधुनिक लुकलाई अझ आकर्षक बनाउनेछ ।

हुन्डाईले सो एसयूभीलाई अत्याधुनिक प्रविधिले सुसज्जित बनाउने तयारी गरेको छ। गाडीमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जस्ता सेफ्टी प्रविधि रहने अपेक्षा गरिएको छ। साथै वायरलेस चार्जिङ, एम्बियन्ट लाइटिङ, प्रिमियम साउन्ड सिस्टम, स्मार्टफोन कनेक्टिभिटी र ओभर द एयर अपडेट जस्ता आधुनिक फिचर पनि समावेश हुनेछ ।

कम्पनीले यसमा भेन्यु र क्रेटामा प्रयोग भएका १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.० लिटर टर्बो पेट्रोल तथा १.५ लिटर टर्बो डिजेल इन्जिन प्रयोग गर्न सक्ने अनुमान गरिएको छ। साथै, हाइब्रिड पावरट्रेनको सम्भावनाबारे पनि चर्चा भइरहेको छ, यद्यपि कम्पनीले यसबारे आधिकारिक पुष्टि गरेको छैन। गाडीमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स विकल्प उपलब्ध हुने बताइएको छ।

सम्बन्धित समाचारहरू

भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

काठमाडौं – भोलि बिहीबार नेपाली बजारमा नयाँ जेनेरेसनको हुन्डाई आई२०...

८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

बिलासी र महंगो एसयूभी चाहनेहरुका लागि नेपाली बजारमा थुप्रै ब्रान्डका...

हुन्डाई कारमा ल्यापटपजत्तिकै ठुलो स्क्रिन, ‘प्लेओस’ सफ्टवेयरले ड्राइभिङको भविष्य बदल्दै

हुन्डाई कारमा ल्यापटपजत्तिकै ठुलो स्क्रिन, ‘प्लेओस’ सफ्टवेयरले ड्राइभिङको भविष्य बदल्दै

हुन्डाई आफ्ना समृद्ध सुविधा र आरामदायी क्याबिनको लागि प्रसिद्ध छ । आजको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...