एम्पियर स्कुटर अब पोखरामा पनि

पोखरा–भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पियर नेपालमा भित्रिएको करिब दुई महिना पछि पोखरामा पनि बिक्री सुरुवात भएको छ ।

भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पियर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको श्री एसटीसी अटो सोलुसन प्रालिले बिक्री–वितरण गर्दै आएको छ ।

नेपालभर एम्पियर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री–वितरण सुरु गरिएको हो । पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रालिले एम्पियर स्कुटरको आधिकारिक डिलरका रूपमा शोरुम सञ्चालनमा ल्याई वैशाख ३१ गतेदेखि एम्पियर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरेको हो ।

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सको एम्पियर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्ड मध्ये एक हो ।

एम्पियरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन् । विशेषगरी एम्पियर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

एम्पियर स्कुटरमा लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् । एम्पियरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म छ । साथै, ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ ।

एम्पियर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।

एम्पियर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएकोछ । कम्पनीका अनुसार एक पटक पूर्ण चार्ज गर्दा यस स्कुटरलाई १३६ किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्री प्याक घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।

मिड–माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्स मोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन्। एम्पियर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड...

ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

ओकिनावा स्कुटरमा आगालागी हुँदा सोरुम जलेर नष्ट, सुरक्षालाई लिएर बढ्यो चिन्ता

भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुने घटना एकपछि अर्को बढिरहेको छ ।...

विद्युतीय सवारीको करको दरमा केही हेरफेर, यस्तो छ व्यवस्था

विद्युतीय सवारीको करको दरमा केही हेरफेर, यस्तो छ व्यवस्था

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...