कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्
स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...
चीनमा एआई र अटोमेशन प्रविधिको तीव्र विस्तारसँगै नयाँ प्रकारको सामाजिक तथा आर्थिक द्वन्द्व सुरु भएको छ। रोबोट ट्याक्सी, मानवरहित डेलिभरी भ्यान र खाना वितरण गर्ने ड्रोनहरू तीव्र गतिमा सडकमा फैलिन थालेपछि लाखौं चालकको रोजगारी जोखिममा परेको छ। यही कारण अहिले चीनका विभिन्न शहरहरूमा अटोमेशन विरुद्ध असन्तोष र विरोध बढ्न थालेको छ।
चीनको क्विङदाओ शहर अहिले अटोमेशन र मानव श्रमबीचको संघर्षको प्रमुख उदाहरण बनेको छ। केही समयअघिसम्म सीमित मात्रामा देखिने अटोमेशन सवारी साधन अहिले शहरभर फैलिएको छ । नियोलिक्स नामक कम्पनीले मात्रै क्विङदाओमा १,२०० भन्दा बढी मानवरहित डेलिभरी भ्यान सञ्चालनमा ल्याइसकेको छ भने डिसेम्बरसम्ममा यो संख्या ४ हजार पुर्याउने लक्ष्य राखिएको छ । सडकमा रोबोटिक्स प्रविधि र खाना वितरण गर्ने ड्रोनहरूको बढ्दो उपस्थितिले शहरको स्वरूप नै परिवर्तन गरिरहेको छ।
रिपोर्टका अनुसार सन् २०२६ को अन्तसम्ममा चीनका सडकहरुमा रोबोट ट्याक्सीको संख्या १४ हजार पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै आगामी ५ वर्षभित्र चिनियाँ शहरहरूमा करिब ७ लाख रोबोट ट्याक्सी सञ्चालनमा आउने अनुमान गरिएको छ, जसले कुल सवारी सेवा बजारको करिब १२ प्रतिशत हिस्सा ओगट्नेछ।
मेइटुआनले चीनको करिब १० प्रतिशत क्विक फुड डेलिभरी ड्रोनमार्फत सञ्चालन गर्न सकिने अनुमान गरेको छ। गत वर्ष मात्रै चीनमा ६ अर्बभन्दा बढी खाना डेलिभरी गरिएको थियो। यसले परम्परागत रूपमा काम गरिरहेका लाखौं चालकको भविष्यलाई थप अनिश्चित बनाएको छ।
बढ्दो बेरोजगारीको सम्भावित संकटलाई ध्यानमा राख्दै चिनियाँ सरकारले पनि आफ्नो रणनीतिमा परिवर्तन गर्न थालेको छ। मार्चमा सार्वजनिक गरिएको पन्चवर्षीय आर्थिक योजनामा सरकारले ठुलो स्तरको बेरोजगारी रोक्नुपर्ने आवश्यकता औंल्याएको थियो। त्यसपछि अप्रिलमा जारी गरिएको मस्यौदा दस्तावेजमा विकासकर्ताहरूलाई रोजगारी घटाउने उद्देश्यले एआई प्रयोग नगर्न कडा निर्देशन दिइएको थियो। चीनमा यात्रु तथा सामान ढुवानीसँग सम्बन्धित करिब २ करोड २० लाख चालक प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...
ईरान र इजरायलबीच जारी तनावले विश्वभर तेस्रो विश्वयुद्धको सम्भावनाबारे...
हालै लन्च भएका अधिकांश कारहरूमा विभिन्न प्रिमियम सुविधा प्रदान गरिएको छ,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...