२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा
नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...
काठमाडौं - नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूबाट भएका सम्पूर्ण राजनीतिक नियुक्तिहरू खारेज गर्न अध्यादेश ल्याएलगत्तै भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।
भट्टको यो राजीनामा एउटा पूर्वनिर्धारित राजनीतिक घटनाक्रमकै परिणाम थियो । उद्योगमन्त्री गौरीकुमारी यादवले एक हप्ताअघि नै भट्टलाई बोलाएर ‘सरकारलाई सहज बनाउन राजीनामा दिन’ निर्देशन दिएकी थिइन् । राजीनामा नदिएको खण्डमा बर्खास्तगीको प्रक्रिया अगाडि बढाइने जानकारी पनि मन्त्री यादवले दिएको स्रोतले जनाएको छ । आफैंले राजीनामा दिएर मार्गप्रशस्त गरेको भन्दै भट्टले निगम कर्मचारीहरूसँग भनेका छन् ।”
को हुन् डा. भट्ट ?
डा. चण्डिकाप्रसाद भट्ट नेपाल आयल निगमको इतिहासमा दुईपटक कार्यकारी निर्देशक बन्ने विरल व्यक्तिमध्ये एक हुन् । उनी पहिलो पटक २०७० जेठदेखि मंसिरसम्म छ महिना कार्यकारी निर्देशक रहे । त्यसपछि दशक बिताएर २०८० फागुन ६ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई पुनः निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यो दोस्रो कार्यकालमा उनले निगमलाई नाफामा लैजानेदेखि ऐतिहासिक सुधारका कामहरू अगाडि बढाएका थिए ।
डा. भट्टले आफ्नो कार्यकाललाई ‘सुधार र स्थायित्व’ को पर्यायका रूपमा चित्रण गर्दै आएका छन् । राजीनामापछि निगमका कर्मचारीलाई सम्बोधन गर्दा उनले आफ्ना उपलब्धिहरूको सूची नै प्रस्तुत गरे ।
भट्टका अनुसार, नेपालमा पेट्रोलियम पदार्थको मूल्यलाई लामो समयदेखि राजनीतिक चश्माले हेरिँदै आएको थियो । उनकै कार्यकालमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आयो। यसले बजारलाई अन्तर्राष्ट्रिय मूल्यसँग जोड्दै राजनीतिक हस्तक्षेप रोक्न महत्वपूर्ण भूमिका खेल्यो ।
त्यसैगरी गत आर्थिक वर्षमा निगमले १७ अर्ब ६० करोड रुपैयाँ संचित नाफा आर्जन गरेको थियो । अहिले मूल्य स्थिरीकरण कोषमा २० अर्ब रुपैयाँ सञ्चित छ, जसलाई आवश्यकता अनुसार उपभोक्ता हितमा खर्च गर्न सकिने उनले बताए ।
यस्तै भट्टको कार्यकालमा दुई महत्वाकांक्षी पेट्रोलियम पाइपलाइन आयोजनाहरूले गति लिएका छन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँगको सहकार्यमा अमलेखगन्ज–चितवन पाइपलाइन निर्माणका लागि ब्रेक थ्रु गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र भण्डारण निर्माण सम्झौता पनि अनुदानमै हुने सुनिश्चितता भएको छ ।
त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समय बितिसक्दा पनि इन्धन आपूर्ति सुचारु हुन सकेको थिएन । भट्टले फास्ट ट्रयाक प्रक्रियामार्फत परीक्षणका रूपमा इन्धन आपूर्ति सुचारु गराए ।
त्यति मात्र होइन बबरमहलस्थित निगमको अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण कार्य अपेक्षित गतिमा हुन नसकेको अवस्थामा भट्टले ठेकेदारमार्फत तीव्रताका साथ काम गराएर डेढ वर्षमै सम्पन्न गराए । यो भवन जेनेजी आन्दोलन केही समयअघि मात्र तयार भएको थियो ।
अर्कोतर्फ नेपाल आयल निगमको कमाण्ड अब कसले सम्हाल्ने भन्ने विषयले चासो पैदा गरेको छ । भट्टकै शब्दमा, “निगममा आउने नयाँ नेतृत्वले सुझबुझपूर्ण ढंगले व्यवस्थापन गर्न सकोस् ।” सन्चित नाफा १७ अर्ब र मूल्य स्थिरीकरण कोषमा रहेको २० अर्बको उचित प्रयोग, पाइपलाइन आयोजनाको निरन्तरता, इथानोल कार्यक्रमको विस्तार र विश्व बजारको अस्थिरताका बीच सहज आपूर्ति सुनिश्चित गर्नु नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण हुने देखिन्छ।
राजीनामा बुझाएलगत्तै केन्द्रीय कार्यालय बबरमहल पुगेर डा. भट्टले भावुक हुँदै कर्मचारीहरूसँग बिदा मागेका थिए । आफ्नो कार्यशैलीलाई लिएर मिश्रित धारणा रहे पनि उनले संस्थागत सुधारको एउटा बलियो जग बसालेको धेरैको बुझाइ छ ।
नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...
काठमाडौँ – भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...
काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...