तयार भयो महिन्द्रा एक्सयुभी ४०० इभी, टाटा नेक्सन इभीसंग प्रतिस्पर्धा हुने
महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...
विश्वभर विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढिरहेका बेला चीनका अटोमोबाइल कम्पनीहरूले अत्यन्तै लामो रेन्ज दिने ब्याट्री भएका नयाँ नयाँ ईभी लन्च गरिरहेका छन् । अहिले चीनमा केही यस्ता विद्युतीय कार उपलब्ध छन्, जसले फुल चार्जमा हजार किलोमिटरसम्म यात्रा गर्न सक्छन् ।
बीवाईडी डेन्जाको जेड९ ईभी : यस सूचीमा सबैभन्दा अगाडि बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको जेड९ ईभी रहेको छ। यसमा १२२.५ किलोवाट आवर क्षमताको ठुलो ब्याट्री प्याक जडान गरिएको छ, जसले फुल चार्जमा १०६८ किलोमिटरको सीएलटीसी रेन्ज दिन सक्छ । यसको मूल्य १ करोड भारुभन्दा बढी छ।
निओ ईटी७ : निओ ईटी७ मोडलमा १५० किलोवाट आवर क्षमताको सेमी सोलिड स्टेट ब्याट्री प्रयोग गरिएको छ । सो ब्याट्री हलुका र एनर्जी डेन्सिटि उच्च भएकाले कारले फुल चार्जमा १०४४ किलोमिटरसम्म यात्रा गर्न सक्छ। सो इलेक्ट्रिक सेडान कारको मूल्य करिब ५० लाख भारु रहेको छ।
बीवाईडीको प्रिमियम डेन्जा जेड९ जीटी ईभी : बीवाईडीकै प्रिमियम डेन्जा जेड९ जीटी ईभी पनि लामो दूरी दिने कारमध्ये एक बनेको छ। एरोडाइनामिक डिजाइन र पावरफुल १२२.५ किलोवाट आवर ब्याट्रीका कारण सो कारले फुल चार्जमा १०३६ किलोमिटरको सीएलटीसी रेन्ज दिन सक्छ। सो ईभीको मूल्य १ करोड भारुभन्दा माथि रहेको छ।
याङवाङको यू७ ईभी : बीवाईडीको सुपर लक्जरी ब्रान्ड याङवाङको यू७ ईभीमा १५० किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । सो इलेक्ट्रिक एसयूभीले १००६ किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। यसको सुरुवाती एक्स शोरूम मूल्य करिब ८५ लाख भारु रहेको छ।
जिकर ००७ आरडब्ल्यूडी : गिली ग्रुपअन्तर्गतको लोकप्रिय ब्रान्ड जिकर ००७ आरडब्ल्यूडी संस्करण पनि लामो दूरी दिने ईभीका रूपमा चर्चामा छ। सो इलेक्ट्रिक सेडानले फुल चार्जमा ८७० किलोमिटरको सीएलटीसी रेन्ज दिन सक्छ। यसको मूल्य करिब २२ देखि २३ लाख भारुको हाराहारीमा रहेको छ।
महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...
काठमाडौ – १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै...
काठमाडौं – नेपाली बजारमा केही समय देखि उपलब्ध गोल्डेन ड्रयागनका विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...