८३ लाखको फोर्स अर्वानिया अटो शोमा, यस्ता छन् फिचर
फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल...
फोर्स मोटरले आफ्नो लोकप्रिय मिनी बस ट्राभलरको नयाँ २०२६ एन रेन्ज मोडल लन्च गरेको छ।
कम्पनीले सो नयाँ मोडलमा डिजाइन, प्रविधि, परफर्मेन्समा उल्लेखनीय सुधार गरेको छ। यो गाडी टुर एण्ड ट्राभल, स्कुल बस, एम्बुलेन्स तथा डेलिभरी सेवाका लागि उपयोगी विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार फोर्स ट्राभलर एन रेन्जको बुकिङ मे १५ देखि सुरु हुनेछ। नयाँ मोडललाई कम्पनीले पहिलेभन्दा अझ प्रिमियम र आधुनिक बनाएको छ। गाडीको अगाडिको भागमा स्टाइलिश एलईडी डेटाइम रनिङ ल्याम्प र नयाँ टर्न इन्डिकेटर समावेश गरिएको छ भने पछाडिको डिजाइन पुरै परिवर्तन गरिएको छ। इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ९ इन्चको एन्ड्रोइड टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।
नयाँ ट्राभलरमा नयाँ डिजाइनका सिट प्रयोग गरिएको छ भने कुलिङका लागि नयाँ एचभिएसी सिस्टम समावेश गरिएको छ। यसमा क्याबिनको आवाज कम गर्न आधुनिक इन्सुलेशन प्रविधि प्रयोग गरिएको छ। यसमा २.६ लिटर टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसको इन्जिनलाई म्यानुअल गियरबक्ससँग जोडिएको छ, जसले पछाडिका पाङ्ग्रामा पावर प्रदान गर्छ।
फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल...
काठमाडौं– फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम...
भारतीय अटोमोवाइल निर्माता कम्पनी फोर्स मोटर्सले मर्सिडिज–बेन्जसँगको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...