नाडाका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठ अब उद्योग वाणिज्य महासंघको अध्यक्ष

काठमाडौं – नेपाल उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा आजदेखि अञ्जन श्रेष्ठ रहेका छन् । महासंघको विधानमा भएको व्यवस्था अनुसार हालै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको श्रेष्ठ अब स्वतः अध्यक्षको जिम्मेवारीमा रहेका हुन् । २०७९ को चैत महिनामा सम्पन्न निर्वाचनमार्फत श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

महासंघमा उनको संलग्नता करिब २४ वर्षअघिदेखि सुरु भएको हो। श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए। उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।

श्रेष्ठले २०४५ सालदेखि परिवारले सुरु गरेको कन्फेक्सनरी उद्योगमा काम सुरु गरेका थिए। उक्त उद्योग अहिले सुजल फुडका रूपमा सञ्चालनमा छ।

अञ्जन श्रेष्ठ अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत हुन् । उनले २०७२ सालमा नाडा अध्यक्षको भूमिका निर्वाह गरेका थिए । श्रेष्ठ आवद्ध लक्ष्मी ग्रुपले अन्य व्यवसायका साथै हुन्डाई, एसएमएल इसुजु, बीएमडब्ल्यु लगायतका सवारी साधनको कारोबार गर्दै आएको छ । हाल नवलपरासीमा हुन्डाई गाडी एसेम्बल समेत हुँदै आएको छ ।

लक्ष्मी ग्रुपअन्तर्गत हाल प्याकेजिङ, ट्रेडिङ, स्टिल र अटोमोबाइल लगायको व्यवसाय छ । क्षेत्रमा काम विस्तार गरेका छन्। अटोमोबाइल क्षेत्रमा हुन्डाई गाडीको आधिकारिक वितरण गर्दै आएका छन्। यो समूहअन्तर्गतका विभिन्न उद्योगमा तीन हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।

सम्बन्धित समाचारहरू

गाडी र मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध ३ दिनपछि सकिँदै, सुचारु हुनेमा व्यवसायी आशावादी

गाडी र मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध ३ दिनपछि सकिँदै, सुचारु हुनेमा व्यवसायी आशावादी

सरकारले कम्वस्चन इन्जिनयुक्त गाडी र २५० सीसी माथिका मोटरसाइकलको आयातमा...

नाडा प्रतिनिधि मण्डलले भेटे नवनियुक्त अर्थमन्त्री, के भयो छलफल ?

नाडा प्रतिनिधि मण्डलले भेटे नवनियुक्त अर्थमन्त्री, के भयो छलफल ?

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष करण चौधरीको...

एफएनसीसीआईको कार्यकारिणी सदस्यमा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलाल मनोनीत

एफएनसीसीआईको कार्यकारिणी सदस्यमा नाडाका पूर्व अध्यक्ष कृष्ण दुलाल मनोनीत

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्यकारिणी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...