जवर्जस्ती रोशी खोलामा गाडी हाल्ने ५ जना चालक पक्राउ

काठमाडौं - अविरल बर्षातले उर्लिएर आएको रोशी खोलाको बाढीमा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको छ । जबर्जस्ती खोलाको बाढीमा गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।

निर्देशन अवज्ञा गर्दै लापरवाहीपूर्वक सवारी चलाएर यात्रुको ज्यान र धनमा जोखिम पुर्‍याएकाले चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए ।

पूर्वबाट काठमाडौं आउँदै गरेका ५ वटा माइक्रो बसका ८९ जना यात्रु खोलामा फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए । मंगलबार साँझदेखि वर्षातको कारण रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस रोशी गाउँपालिका-७ घुमाउने वेशीस्थित रोशी खोलामा फसेका थिए।

सुरक्षा निकायहरूको संयुक्त प्रयासमा राती करिब १ बजे सबै यात्रुको सफल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ । उद्धार कार्यका क्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन रोक्न निर्देशन दिएको छ ।

नेपालको पुर्वी क्षेत्र जोडने विपी राजमार्ग अझै खुले छैन । खोलामा बाढी घटे पछि सडकको ट्रयाक बनाई यातायात खुलाउने तयारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचारहरू

पर्यटकीय गन्तव्यमा चहलपहल छ नयाँ वर्षमा, यी हुन् काठमाडौँ नजिकै घुम्न सकिने आकर्षक स्थलहरु

पर्यटकीय गन्तव्यमा चहलपहल छ नयाँ वर्षमा, यी हुन् काठमाडौँ नजिकै घुम्न सकिने आकर्षक स्थलहरु

काठमाडौँ– नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको...

अब ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष, हट्याे ५ वर्षे नियम

अब ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष, हट्याे ५ वर्षे नियम

काठमाडौं – सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अवधि...

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...