कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक

चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको एक्सपिक्सेल नामक नयाँ प्रविधिले विश्वभर चासो र आश्चर्य उत्पन्न गरेको छ। कारमा हुने हेडलाइट रातको समयमा सडक देख्न प्रयोग हुने गर्छ तर हुवावेले हेडलाइटलाई प्रकाशको स्रोत मात्र नभई मनोरञ्जन सिस्टमको रूपमा विकसित गरेको छ ।

रिपोर्टका अनुसार सो नयाँ एक्सपिक्सेल हेडलाइट सिस्टमले प्रोजेक्टरको रुपमा भित्तामा फिल्म, वेब सीरिज वा टेलिभिजन हेर्न सकिन्छ । सो प्रविधिको प्रयोगले कारलाई पार्किङ गरी सिनेमा हलमा परिणत गर्न सकिन्छ । प्रयोगकर्ताले आफ्नो गाडी रोक्नासाथ अगाडिको भित्तालाई स्क्रिन बनाउँदै जहाँसुकै मनोरञ्जन लिन सक्नेछन्।

सो प्रविधि केवल मनोरञ्जनका लागि मात्र नभई सवारी सुरक्षामा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ । यसले रातको समयमा लेन परिवर्तन गर्दा सडकमा प्रकाशमार्फत स्पष्ट मार्ग देखाउँछ। यसैगरी, पैदल यात्रीको सुरक्षाका लागि सडकमा संकेत प्रोजेक्ट गरेर कहिले बाटो काट्न सुरक्षित हुन्छ भन्ने जानकारी दिन्छ। बालबालिकाका लागि भने जमिनमै इन्टरएक्टिभ गेम देखाउने क्षमता समेत यसमा समावेश गरिएको छ।

चीनमा एक्सपिक्सेल प्रविधि करिब तीन वर्षदेखि प्रयोगमा रहेको छ र यसलाई स्टेलाटो एसनाइन जस्ता इलेक्ट्रिक गाडीमा समावेश गरिएको छ। सो गाडी हुवावे र बीएआईसी ग्रुपको सहकार्यमा विकास गरिएको प्रिमियम इलेक्ट्रिक सेडान हो ।

अब कम्पनीले एक्सपिक्सेलको नयाँ संस्करण पेश गर्ने तयारी गरिरहेको छ, जुन सुरुमा आईटो एमनाइनमा उपलब्ध हुनेछ। त्यसपछि यस प्रविधिलाई चीजिङ जीटीसेभेन र लकसीड भीनाइन लगायतका नयाँ मोडलमा विस्तार गरिने योजना रहेको छ।

सम्बन्धित समाचारहरू

गणेशको लोगो भएको अनौठो सुपरकार, मात्र ५९ युनिट उत्पादन हुने

गणेशको लोगो भएको अनौठो सुपरकार, मात्र ५९ युनिट उत्पादन हुने

बेलायती अटोमोबाइल कम्पनी लेजान्टे लिमिटेडले भगवान गणेशको लोगो अंकित...

एवोन भीको दुई भेरिएन्ट पोखरामा सार्बजनिक

एवोन भीको दुई भेरिएन्ट पोखरामा सार्बजनिक

पोखरा – नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा...

अटो एक्सपो २०२५ मा यी ५ महत्वपूर्ण गाडी हुँदैछन् प्रदर्शन

अटो एक्सपो २०२५ मा यी ५ महत्वपूर्ण गाडी हुँदैछन् प्रदर्शन

नेपालमा नाडा अटो शो भदौमा चल्ने चर्चा चलिरहदा भारतमा आगामी फेब्रुअरीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...