क्याबिन बिनाको अटोनोमस ट्रक सार्वजनिक

बेइजिङ अटो शो २०२६ मा चीनको एक कम्पनीले क्याबिन बिनाको अत्याधुनिक ट्रक प्रदर्शन गरेको थियो, जसमा चालक बस्ने कुनै क्याबिन नै छैन।

रिपोर्टका अनुसार सो ट्रक चिनियाँ कम्पनी कार्गोबोटले विकास गरेको हो । यो एक अटोनोमस इलेक्ट्रिक ट्रक हो, जसमा स्टेयरिङ, क्लच, ब्रेक, एक्सेलेरेटरजस्ता कुनै पनि परम्परागत कन्ट्रोल सिस्टम राखिएको छैन। साथै, चालकका लागि सिटको व्यवस्था पनि छैन ।

कम्पनीले यसमा १०२६ किलोवाट आवर क्षमताको ठुलो ब्याट्री प्रयोग गरेको छ । एकपटक फुल चार्ज पछि सो ट्रक करिब ८०० किलोमिटरसम्म यात्रा गर्न सक्षम छ। साथै, ट्रकमा ब्याट्री स्वापिङ सिस्टमको सुविधा पनि राखिएको छ, जसले गर्दा ब्याट्री सकिएपछि चार्ज हुन कुर्नु नपरी तुरुन्तै अर्को चार्ज गरिएको ब्याट्री राख्न सकिन्छ ।

सो हेभी ड्युटी अटोनोमस इलेक्ट्रिक ट्रक पहिले नै सडकमा गुडाइसकेको छ ।  सो ट्रकले लेवल ४ अटोनोमस ड्राइभिङ सिस्टम अन्तर्गत काम गर्छ, जसमा मानव हस्तक्षेप आवश्यक पर्दैन । कम्पनीका अनुसार सो ट्रकले अहिलेसम्म ३ करोड ५० लाख किलोमिटरभन्दा बढी दूरी पार गरिसकेको छ ।

यसमा कम्पनीले १ प्लस एन नामक तरिका अपनाएको छ, जसअन्तर्गत एउटा अगाडिको ट्रक मानिसद्वारा चलाइन्छ भने त्यसको पछाडि दुईदेखि ६ वटासम्म ट्रक अटोमेटिक रूपमा त्यसलाई पछ्याउँछ । यस सिस्टमले श्रम लागत करिब ८० प्रतिशतसम्म घटाउने र ऊर्जा खपतमा ५ देखि १० प्रतिशतसम्म बचत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...

थाइल्यान्डमा  लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

थाइल्यान्डमा लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

बीवाईडीले थाइल्याण्डमा आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार एट्टो १ लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...