चार नयाँ ‘वुलिङ’ ईभीका साथ नेपाली बजारमा बलियो उपस्थिति जनाउने तयारीमा पारामाउन्ट मोटर्स

काठमाडौं – नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी अर्थात ईभी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ। विश्वप्रसिद्ध अटोमोबाइल समूह एसएआईसी–जीएम–वुलिङ (एसजीएमडब्लु) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडलहरू छिट्टै नेपाल भित्र्याउने तयारी कम्पनीले गरेको बताएको छ ।

सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लुको ‘वुलिङ’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ। नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई पारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको छ।

नेपाली बजारमा एक्सियन ईभी, वुलिङ मिनी ईभी, डेरियन एमपीभी र विङगो ईभी गरी चार मोडल उपलब्ध हुने कम्पनीको भनाइ छ ।

एक्सियन ईभी ७ सिटर प्रिमियम एसयूभी हो । ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो एसयूभीमा ६९.२ किलोवाट आवरको ’म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६०–डिग्री क्यामेरा र अत्याधुनिक ’एडास’ प्रणाली जस्ता सुविधाहरू समावेश छन्।

वुलिङ मिनी ईभी चार ढोका भएको कम्प्याक्ट कार हो । सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब ४ वटा ढोकासहित नयाँ स्वरूपमा आउँदैछ। यसको ‘ग्लोबल स्मल इलेक्ट्रिक भेइकल’ अर्थात जीएसईभी आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै यसले ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधा समेत उपलब्ध छ।

डेरियन एमपीभी विलासी यात्राका लागि उपयुक्त छ । लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुनेछ। ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

बिंगो ईभी नेपाली सडकमा पहिले देखि नै लोकप्रिय छ । यो ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो मोडल ३१.९ किलोवाट आवर (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट आवर (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, कार्यक्षमताका लागि यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ जसले ६७ एचपी पावर र १५० एनएम टर्क उत्पादन गर्छ। यसको आकर्षक ’रेट्रो’ डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र ७९० लिटरसम्मको फराकिलो कार्गो स्पेस रहेको छ। सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा एबीएस, ईबीडी र भेरिएन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू समावेश गरिएका छन्।

भरोसा र दिगोपन

पारामाउन्ट मोटर्सले आफ्ना सबै वुलिङ मोडलहरूमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउनेछ। यसले ग्राहकहरूमा विद्युतीय सवारीप्रति थप विश्वास जगाउने कम्पनीको विश्वास छ।

‘हामी नेपाली ग्राहकहरूको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधनहरू भित्र्याउन प्रतिबद्ध छौँ,’ प्यारामाउन्ट मोटर्सका प्रवक्ताले जानकारी दिए। उनले भने, ‘नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पु-याउने छ ।’

यी नयाँ ‘वुलिङ’ मोडलहरू छिट्टै देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने

दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने

काठमाडौं – अब दर्ता नगरी बाटोमा गुडाइएका विद्युतीय सवारीसाधनहरुलाई...

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

गस्ती गर्नका लागि प्रहरीलाई बजाजको विद्युतीय अटो टेम्पो

काठमाडौं – गस्ती गर्नका लागि इटहरी उपमहानगरपालिकाका प्रहरीले विद्युतिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...