भन्सार यार्डभित्रै एमआरपी सुचि सहितको स्टिकर टाँस्नु व्यावहारिक छैन : नाडा

काठमाडौं–नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम खुद्रा मूल्य(एमआरपी) सुचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

सोमबार भएको सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनमा एमआरपी स्टिकर टाँस्न कुनै समस्या नभए पनि एउटै बक्स भित्र सयौको संख्यामा आउने अटोमोवाइल स्पेयर पार्टसहरुको हकमा भने समस्या रहेको बताउए । त्यसैगरी भन्सारमा वण्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक नभएको जानकारी गराए ।

छलफलमा विभागका महानिर्देशक भण्डारीले सवै किसिमका अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताए । सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहेका सवारी साधनहरु तोकिएको समयसीमा भित्र जाँचपासगरी लैजान सूचना जारी गरेको सम्बन्धमा जिज्ञाशा राखेका थिए ।

उनको जिज्ञासामा महानिर्देशक भण्डारीले सो सूचना कानूनमा भएको व्यवस्था अनुसार जारी गरिएको हुनाले नाडाका सम्बन्धित सवारी साधन पैठारीकर्ताहरुलाई तोकिएकै समयमा ती सवारी साधनहरुको भन्सार जाँचपासगरी सहजीकण गरी दिन आग्रह गरे ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति २०८२/१२/३० गते जारी गरेको प्रेश विज्ञप्ति मार्फत विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा उक्त छलफल केन्द्रीत रहेको थियो ।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी

काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी...

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

अटो शोरुम, वर्कशप तथा स्पेयर पार्ट्स व्यवसायमा संलग्न जनशक्तिका लागि खोप उपलब्ध गराउन माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल शोरुम, वर्कशप...

चितवनमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवनमा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण सम्पन्न

चितवन – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...